२४ भाद्र २०८२, मंगलवार

जनपत्रिकाको भदौ अङ्‌क प्रकाशित

0

काठमाडौँ – जनपत्रिका मासिकको भदौ अङ्‌क प्रकाशित भएको छ । यो अङ्‌कमा आवरण कथा अर्थात् अग्रलेख ‘एकीकृत जनक्रान्तिको मियोमा नयाँ कम्युनिस्ट केन्द्र’ शीर्षकमा नेकपाका महासचिव विप्लव सीको लेख रहेको छ भने पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालको कविता छापिएको छ ।

त्यसैगरी लेखक अनिल सीको अनुसन्धानमूलक आलेख र जनक सीको ‘ऐंजुरी पूँजीवाद’ कृतिको समालोचना आलेख रहेको छ भने नेता शिला यादव‌को महिला आन्दोलन‌को विषय‌मा आलेख छ । त्यस्तै अनुवादित विश्व साहित्य र समाचार विश्लेषण पनि रहेका छन्‌।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।