
काठमाडौँ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा विशाल सैन्य परेड प्रदर्शन गरेको छ ।
द्वितीय विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उक्त भव्य कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ–उन प्रमुख पाहुना बनेका थिए ।
सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गर्यो ।
त्यहाँ चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु बलिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन गर्यो । उक्त क्षेप्यास्त्रे १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ ।
हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमान आकाशमा स्वरूप बनाउँदै उडे। कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रङ्गिन बेलुनहरू आकाशमा छोडिएको थियो ।
माओ त्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा बढी दर्शकलाई सम्बोधन गरेका थिए ।
उक्त समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ-अनसहित २६ देशका नेताहरू सहभागी भए ।
राष्ट्रपति सीकी पत्नी पेङ लियुआनले पाहुनाहरूलाई स्वागत गरेकी थिइन् ।