२४ भाद्र २०८२, मंगलवार

पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

0

काठमाडौँ । जनपत्रकार संगठन नेपालले वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा सोमबार काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा वरिष्ठ पत्रकार पाण्डेको स्मृतिमा संगठनले श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
वरिष्ठ पत्रकार पाण्डेको २०८१ साल भाद्र २७ गतेका दिन असामयिक निधन भएको थियो ।
२०१५ साल जेठ ४ गते धादिङमा जन्मिनु भएका पत्रकार पाण्डेको ६६ बर्षको उम्मेरमा निधन भएको थियो ।
पत्रकार पाण्डेले पञ्चायती शासन विरुद्ध वहुदलीय प्रजातन्त्रको पक्षमा कलम चलाउदै आउनु भएको थियो ।
नेपालमा २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएपछि उहाँले क्रान्तिकारी प्रगतिशील धारामा जनताको मुक्तिका पक्षमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।
उहाँलाई पञ्चायतकालिन सरकार र जनयुद्धपछि निरंकुश राजतन्त्रात्मक व्यवस्थाले बेलाबेला पक्राउ गरी हिरासतमा समेत राखेको थियो ।
जनयुद्धका बेला उहाँका कान्छा छोरा सिजनराज पाण्डे पूर्णकालिन भएको बेला तत्कालिन शाही नेपाली सेनाले पर्सामा गिरफ्तार गरी २०६२ सालमा हत्या समेत गरेको थियो ।
परिवर्तनको पक्षमा निरन्तर कलम चलाउने महान तथा वरिष्ठ पत्रकार पाण्डे जनताको पत्रकार भएकाले उहाँको योगदानको उच्च सम्मान गर्दै जनपत्रकार संगठन नेपालले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
श्रद्धाञ्जली कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले पत्रकार पाण्डेको योगदानको जति चर्चा गरेपनि कमै हुने बताए ।
उनले पत्रकार पाण्डेको फोटोमा माल्याअर्पण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले वरिष्ठ पत्रकार पाण्डेसंगको सहकार्यकाबारे चर्चा गर्दै कहिल्लै नपर्ने गरी पत्रकार पाण्डे भौतिक रुपमा सबैबाट विदा भएको बताए । उनले विचारमा कहिल्यै नअस्ताएका पत्रकार पाण्डेप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बाेगटी, माक्र्सवादी साहित्यकार तथा लेखक खेम थपलिया, पत्रकार राजकुमार कुवँर र जनपत्रकार संगठन नेपालका उपत्यकामा भएका सबै केन्द्रीय सदस्यहरुले पत्रकार पाण्डेको फोटोमा माल्यार्पण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमको संचालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य साहस भट्टले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।