
काठमाडौं । “सम्पूर्ण विद्यार्थीमा आह्वान, बानेश्वर बहुमुखी क्याम्पसको समग्र विकासका लागि दोस्रो इकाई सम्मेलन” भन्ने मूल नाराका साथ अखिल (समाजवादी) को दोस्रो इकाई सम्मेलन मंगलबार बानेश्वर बहुमुखी क्याम्पसमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले शिक्षा क्षेत्रमा बढ्दो दलालीकरण, निजीकरण र माफियाकरणप्रति कडा आपत्ति जनाउँदै विद्यार्थी आन्दोलनलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए । उनले एमसीसीजस्ता राष्ट्रघाती सम्झौता तथा लिपुलेकमा भारत–चीनको हेपाहा व्यवहारले नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै यसको प्रतिरोधमा युवा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । साथै, विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य गरी शिक्षा समान र निःशुल्क हुनुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै, बागमती प्रदेश सह-इन्चार्ज रमेश सीले विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन संगठन निरन्तर अग्रसर हुने बताए । काठमाडौं जिल्ला इन्चार्ज ललिजङ सीले राज्यले युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग राखे । स्ववियु सभापति भुमिराज अधिकारीले क्याम्पस निरन्तर सुधारतर्फ अघि बढिरहेको धारणा राखे भने जिल्ला अध्यक्ष प्रेम सीले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिए ।
कार्यक्रमको अध्यक्षता क्याम्पस संयोजक ललित सीले गरेका थिए भने सञ्चालन कुवेर सीले गरेका थिए । स्वागत मन्तव्य अनिल सीले प्रस्तुत गरेका थिए ।
सम्मेलनबाट ललित सी अध्यक्ष रहनेगरी २३ सदस्यीय नयाँ इकाई समिति निर्वाचित भएको छ ।
पदाधिकारीमा अध्यक्ष: ललित सी
उपाध्यक्ष : अनिल सी
सचिव : दिपा सी
सहसचिव : अनिता सी
कोषाध्यक्ष : रुपेश सी
लगायत २३ सदस्यीय टिम चयन भएका छन् ।
कार्यक्रममा अन्य अतिथि रमेश सी, यशाेदा सी, अशोक सी, सतल सी, कविन्द्र सी, निराजन सी, आरके सी लगायतको उपस्थितिले सम्मेलनलाई अझ भव्य बनाएको थियो ।