
दाङ: दाङका विभिन्न गाउँगाउँबाट युवाहरु नेकपामा संगठित भइरहेका छन् ।
शनिबार शान्तिनगर गाउँपालिकामा मात्रै सयौंको संख्यामा युवाहरु नेकपामा संगठित भएका हुन् ।
नेकपा निकट युवा संगठन नेपाल शान्तिनगर गाउँकमिटी अन्तर्गत सो संगठनको गाउँ भेला सम्पन्न भएको नेकपाले जनाएको छ । भेलाले नयाँ नेतृत्व समेत चयन गरेको नेकपाका जिल्ला सेक्रेटरी निर्मल सीले बताए ।
भेलाले बसन्त सीको संयोजकत्वमामा १७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको छ । जसको सदस्यहरुमा सन्तोष, हिमाल, आकाश, भिम ओली, कमल कठायत, विकाश विक, प्रकाश बस्नेत, कुस बस्नेत, गणेश बिस्ट, अर्जुन बिस्ट, प्रविन सुनार, मनोज विक, बिराज परियार, तिलक थापा, सुमन, आशिष घर्ती र समीर घर्ती रहेका छन् ।
नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी, पार्टीका पुर्वी दाङका सचिव जनक सी, पार्टीका शान्तिनगर गाउँकमिटी इन्चार्ज सुधार सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज शुदर्शन सी, पार्टीका जिल्ला सल्लाहकार शुरेश सी, पार्टीका पश्चिम दाङ जिल्ला सदस्य दिपेन्द्र सी, कृष्ण सी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य सुनिता सी, अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य शान्ती सी लगाएतको आतिथ्य रहेको थियो ।
युवा नेता उद्धव सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बसन्त सीको अध्यक्षता रहेको थियो भने सहजीकरण युवा नेता मनोज सीले गरेका थिए ।
कार्यक्रममा गाउँ भेला सफलताको शुभकामना मन्तव्य पार्टीका केन्द्रीय सदस्य प्रदिप सी, पश्चिम दाङका सेक्रेटरी निर्मल सी, पुर्वी दाङका सेक्रेटरी जनक सी, शान्तिनगर गाउँकमिटीका इन्चार्ज सुधार सीले व्यक्त गरेका थिए भने नवनिर्वाचित नयाँ नेतृत्वलाई बधाई मन्तव्य पार्टीका जिल्ला सल्लाहकार शुरेस सी र पार्टीका पश्चिम दाङ जिल्ला सदस्य दिपेन्द्र सीले व्यक्त गरेका थिए ।
संगठनले भेला लगत्तै अब पालिकाको सम्मेलनमा जुट्ने निर्णय गरेको जनाएको छ ।