५ जेष्ठ २०८१, शनिबार

श्रमजीवी गरिब जनताको मुक्ति समाजवादले मात्र दिन्छः विराट सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले श्रमजीवी गरिब जनताको मुक्ति नेपाली विशेषताको समाजवादले मात्र दिने बताएका छन ।

नेकपा शान्नित्रिवेणी गाउँपालिकाले मेहेलमुडीमा शनिबार आयोजना गरेको साम्राज्यवादी हस्तक्षेप र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता विराटले यस्तो कुरा बताएका हुन ।

उनले दलाल पुँजीवाद र साम्राज्यवाद नेपाली श्रमजीवी तथा गरिब जनताको मुख्य दुश्मन भएको भन्दै यसको अन्त्य विना नेपाली जनताको मुक्ति नहुने बताए । उनले साम्राज्यवादी षड्यन्त्रलाई ध्वस्त पार्न नेपाली विशेषताको समाजवाद अनिवार्य भएको दाबी गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलमान सीले आम नेपाली जनताको मुक्ति र अधिकार पुरा हुने व्यवस्था नै नेपाली विशेषताको समाजबादी व्यवस्था भएको बताए ।

उनले नेकपाको विशेष पहलमा अनिवार्य समाजबाद आएरै छोड्ने बताउदै जनतालाई निराश बनाउन नहुने बताए ।

अन्तरक्रिया कार्यक्रममा स्वतन्त्र बामपंथी ध्वज बहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी भनेको नै साँच्चिकै सर्वहारा श्रमजीवी बर्गको पार्टी भएको बताए । उनले अहिले चरम भ्रष्टाचारले सीमा नागिरहेको बेला र राष्ट्रियता संकटमा परेको वेला निरन्तर संघर्ष गरिरहने पार्टी नेकपा मात्र देखिएको बताए ।

कार्यक्रमका अन्य वक्ताहरूले वर्तमान व्यवस्था असफलता तिर गएको र अबको बिकल्प भनेको समाजबाद नै भएको बताएका थिए ।
कार्यक्रममा पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहसी सी,पार्टी सचिवालय सदस्य रास्कोट नगर कमिटी सचिव निर्देशन सीको पनि उपस्थित रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सचिवालय सदस्य मन सीले गरेका थिए भने संचालन गाउँ कमिटी इन्चार्ज शुभाष सिले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।