१६ बैशाख २०८१, आईतवार

माइला सीद्वारा रचित ‘समाजवाद आउँदैछ’ गीतको छायाङ्कन

0

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम माइला सीद्वारा रचना गरिएको गीत ‘समाजवाद आउँदैछ’ बोलको गीत आज छायाङ्कन भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट कोतघरमा जनतासहित उपस्तिथिका बीच छायाङ्कनमा केन्द्रिय सामना परिवार कलाकारहरुको अभिनय रहेको छ ।
म्युजिक भिडियोको सुरुमा देशमा भएको आर्थिक संकटद्वारा उत्पन्न समस्याको चित्रण गरिएको छ ।
देश भएको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगाएत तमाम समस्याको समाधान नेपाली विशेषतासहितको समाजवाद नै हो भन्ने भाव उक्त गीतमा समावेश गरिएको छ ।
उक्त गीतमा अभियान सामना परिवार कलाकारहरु आरोह, हेमराज, पल, चन्द्र, बसन्ती, अन्जना, संगित, डोल्मा, मनिष लगाएतको भूमिका रहेको छ ।

साथै राज गजमेर, सुस्मा तामाङ, विवेक सी, शान्ति लामा, सन्तोषी महर्जन,बुद्ध लामा लगाएत कलाकार मुख्य भूमिका रहेको छ । म्युजिक भिडियो केही दिनपछि एक सार्वजनिक कार्यक्रममार्फत सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।