२३ बैशाख २०८१, आईतवार

जनजागरण अभियान अन्तर्गत माडीमा साँस्कृतिक कार्यक्रम सम्पन्न

0

नेकपा पश्चिम चितवनको संयोजनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट जनसांस्कतिक महासंघको सामना परिवारले आज माडीको बसन्तपुरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 

जनजागरण अभियान अन्तर्गत केन्द्रिय सामना परिवारको टिमले बसन्तपुरस्थित दिवाकर चोकमा साँस्कृतिक कार्यक्रम गरेको हो । आज दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रममा सामना परिवारका आरोही सी लगायतका कलाकारहरुले विभिन्न प्रगतिशील र देशभक्तिपूर्ण गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

जनताको उत्साहपूर्ण सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सन्देश सीले आफ्नो कमजोरीलाई ढाकछोप गर्नको लागि नेकपाका नेताहरुमाथि अत्तालिएर पक्राउ पुर्जी टाँसेको बताए । सबै पार्टीहरु देश र विकासको लागि एक ठाउँमा आउनुपर्ने भन्दै उनलेे स्थानीय नेताहरुको नाम नै लिएर माडीको विकासको लागि हातेमालो गर्नसमेत अपिल गर्दै त्यसमा आफू तयार रहेको बताए ।

नेपालमा संसदीय व्यवस्था रहेसम्म जनताको जीवनस्तर सुधार हुन नसक्ने भएकाले यसको विकल्प खोज्नु पर्नेमा जोड दिए । उनले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद लागु गर्नु पर्ने विचार राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।