
नेपाल कम्युनिस्ट पार्टी काठमाडौंको आयाेजनामा “वर्तमान राष्ट्रिय संकट र यसको समाधान” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नेकपा काठमाडौं जिल्ला १ द्वारा आयोजित अन्तरकृया कार्यक्रम महाराजगन्जस्थित एक कलेजमा सम्पन्न भएको हो ।
नेकपाका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पूर्व प्रहरी अधिकृत, अर्थविद लगाएत बैंक तथा वित्तिय मामिला सम्वन्धी जानकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर दिपेन्द्र बहादुर क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ल्ला इन्चार्ज कुमार पौडेल, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मिना ज्ञावली, नेकपा मसालका जिल्ला प्रवक्ता जगत रेग्मी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य राजेस्वरी सुवेदी, नेपाल राष्ट्रिय बिमा संस्थानका पूर्व अध्यक्ष खेमराज खरेल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा बाम बुद्धिजिवी मनोज थापा, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल राष्ट्रिय पार्टीका खगेश्वर उप्रेती, कानुन तथा जनअधिकार मंचका अध्यक्ष खिमानन्द अधिकारी लगाएतले नेकपा १ नम्वर जिल्ला इन्चार्ज भृकुटी सीले तयार पारेर प्रस्तुत गरेको अवधारणा पत्रमाथि टिप्पणी तथा सुझाव पेश गरेका थिए ।
अवधारणा पत्रमाथि आफ्नो सकारात्मक टिप्पणी तथा सुझाव राख्दै अधिकांश वक्ताहरुले वर्तमान सङ्कटको विषय मसिनो गरि उठाएको र यो सङ्कटको समाधान भनेको वर्तमान व्यवस्थाको अन्त्य गर्दै समाजवाद भएको टिप्पणी गरे ।
वर्तमान सङ्कटको कारण दलाल पुजिवाद भएको र यसको एकमात्र विकल्प बनेको समाजवाद नै भएकोमा सबैको एउटै मत थियो ।
वर्तमान संकटको मूलकारण दलाल पुजिवाद हो यसको समाधान “समाजवाद” हो, यसका लागि सम्पुर्ण देशभक्त बुद्धिजीवी, लोकतान्त्रिक शक्तिहरु एक भएर प्रतिरोध गर्नुपर्ने उनीहरुले बताए ।
नेकपा जिल्ला सेक्रेटरीको अध्यक्षता तथा भरत सीको संचालनमा सम्पन्न अन्तर्कृया कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी, पोलिट ब्युरो सदस्य बन्धु सी, लगाएत केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको अन्त्यमा नेकपाका स्थायी समिति सदस्य प्रकाण्ड सीले अन्तरकृयामा उठेका विषयहरुमा पार्टीको धारणा राखेका थिए ।