११ श्रावण २०८१, शनिबार

जनताको भावनालाई पार्टीको योजनामा समेट्नुपर्छ : माइला सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले जनताको भावनालाई पार्टीको योजनामा समेट्नुपर्ने धारणा राखेका छन् । नेकपा काठमाडौं जिल्ला समितिको तेश्रो आवधिक योजनाको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको नयाँ योजनामा नयाँ जोशका साथ काम गर्नुपर्ने बताउँदै यसमा जनतालाई सहभागी बनाउनु पर्ने धारणा राखेका थिए ।

काठमाडौं जिल्ला सचिव चिरन सीले संचालन गरेको बैठकको अध्यक्षता माइला सीले गरेका थिए । बैठकमा नेकपा पोलिटब्युरो सदस्य कृति सी, केन्द्रीय सदस्य भृकुटी सी, ज्ञानु सीको आतिथ्यता रहेको थियो । बैठकमा अनुभूतिजन्य मन्तव्य राख्दै कृति सीले उपत्यका ब्युरोको इन्चार्ज हुँदा काठमाडौं जिल्लाले गरेको सहयोगप्रति आभार व्यक्ति गर्दै आगामी दिनमा पनि यसैगरी सक्रियताका साथ पार्टी आन्दोलनमा लाग्न सुझाव दिएका थिए ।

 बैठकले संगठन, संघर्ष र उत्पादनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा संगठन सम्बन्धी जिल्लामा रहेका महानगरपालिका र नगरपालिका इन्चार्ज तथा सेक्रेटरी तोकेको छ । देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको इन्चार्जमा केन्द्रीय प्रतिनिधि समिति सदस्य डिआर सीलाई तोको छ भने सेक्रटरीमा दिपक सीले निरन्तरता पाएका छन् ।

त्यस्तै जिल्लाले पार्टीको नीति अनुसार उत्पादनमा जोडिने निर्णय गरेको छ । साथै आगामी जेठ ७ गते विश्व शान्तिका लागि काठमाडौंमा हुने र्यालीमा जिल्लाबाट ठूलोमात्रामा मास उपस्थित गराउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।