१२ श्रावण २०८१, शनिबार

सहकारी पीडितको न्यायको माग गर्दै कास्कीका  ७ दलद्वारा दबाब कार्यक्रम घोषणा

0

कास्की/ सहकारी पीडितहरुले न्याय नपाएकोले पीडकलाई कारबाहीको मागसहित कास्कीका ७ राजनीतिक दलहरूले दबाबमुलक कार्यक्रमको घोषणा गरेका छन् । बुधबार विभिन्न दलहरूको संयुक्त बैठक बसी पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने भन्दै उनीहरुले कार्यक्रमको घोषणा गरेको नेकपा पोलिट ब्युरो सदस्य एवम् कास्की जिल्ला इन्चार्ज सावित्रा सी `आस्था´ले जानकारी दिएकी छन् ।

जिल्लामा रहेका सुर्यदर्शन सहकारी, इमेज सहकारी, मित्रमिलन सहकारी, शिवशिखर सहकारी लगायतका संस्थाहरुले सर्वसाधारण नागरिकको बचत दुरुपयोग गरेर बचतकर्ताहरुलाई पीडित बनाएकोले बचतकर्ताको बचत फिर्ता हुनुपर्ने, अपचलन गर्नेलाई कार्वाही हुनुपर्ने, स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने, पीडितहरुको सुरक्षा लगायतको माग राखि राजनीतिक दलहरूले कार्यक्रम घोषणा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेपाल समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल  र राष्ट्रिय जनमोर्चाद्वारा संयुक्त रूपमा घोषित कार्यक्रम अनुसार जेष्ठ ३ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यलय कास्कीलाई ध्यानाकर्षण पत्र बुझाउने, सम्बन्धित  निकाय र पीडितहरुसङ्ग अन्तरक्रियात्मक छलफल गर्ने र जेठ  १३ गते जनदबाबका लागि  पोखरामा प्रदर्शन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।