२३ भाद्र २०८१, आईतवार

वर्तमान समस्याकाे स्थायी समाधान नेपाली विशेषताको समाजवाद : आस्था

0

नेपाल कम्युनिष्ट पार्टी पूर्वी बर्दियाको आयोजनामा बाँसगढी नगरपालिकाको सहिद स्मृति हलमा “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम आस्था सीले वर्तमान समस्याकाे स्थायी समाधान नै नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेकी छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेता आस्थाले
नेपालका राजनीतिक दलहरुले बेलैमा ध्यान नदिने हो भने देशलाई दलालहरुले सिध्याउने र प्रतिगमनको निम्तिने खतरा रहेको धारणा राखिन् । अहिलेको व्यवस्था पूर्ण रुपमा असफल भएकोले यसको विकल्प समाजवादी व्यवस्था नै भएको बताइन् ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम आस्था सीको प्रमुख आतिथ्यतामा अतिथिहरु दक्षिण कर्णाली व्युरो इन्चार्ज संगम सी, नेकपा (एमाले) जिल्ला उपाध्यक्ष एवम पूर्व मेयर शालिकराम अधिकारी, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहाकार बुद्धिसागर अधिकारी, नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय समिति सदस्य भक्तिराम अधिकारी, जनता समाजवादी पार्टीका जिल्ला सदस्य दीप बहादुर शाही, नेपाली कांग्रेस नगर सचिव ओम प्रकाश पौडेल, नेकपा (एकीकृत समाजवादी) का नगर इन्चार्ज तिलक हमाल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का के.स. रेशम अधिकारी लगायत नेकपा सम्बद्ध नेता कार्यकर्ता र जनताहरुसहितको सहभागितामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी संगीन सी र स्वागत मन्तव्य कामना सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।