४ जेष्ठ २०८१, शुक्रबार

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी अन्नपूर्ण गाउँपालिका कास्कीद्वारा आयोजित पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम कास्कीको नौडाँडामा सम्पन्न भएको छ । 

वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य प्रज्वलन सीले आजको राजनीतिक संकटको समाधान राष्ट्रिय सहमति सहाकार्य र नेपाली विशेषताको समाजवाद नै भएको बताए । उत्पादनमा वृद्धि नगरी कुनै पनि प्रकारको विकास र समृद्धि नहुने ठोकुवा नेता प्रज्वलनले गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पालिका सभापति मनपती भण्डारी, नेकपा एमलेबाट निर्वाचित जनप्रतिनिधि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य नेत्र चापागाईं, नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्ष इन्द्र भण्डारी, एकीकृत समाजवादीका पालिका उपाध्यक्ष कुलप्रसाद पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधि दामोदर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका पालिका अध्यक्ष हरिराम भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका शोभाकर अधिकारी र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य काजी सीले छलफलमा भाग लिएर आफ्नो धारणा राखेका थिए ।

पालिका सेक्रेटरी खुशीमान सीको अध्यक्षतामा र युवा नेता युवराजको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सेक्रेटरी परिवर्तन सी, मजदुर नेता सन्तोष सीलगाएतको स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।