९ माघ २०८१, बुधबार

सस्तो लोकप्रियताका लागि मनगणन्त्य समाचार नलेख्न नेपाल लाइभलाई नेकपाकाे चेतावनी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियताका लागि मनगणन्त्य समाचार नलेख्न नेपाल लाइभ डटकमलाई चेतावनी दिएकाे छ । नेपाल लाइभ डटकममा प्रकाशित समाचार खण्डन गर्दै मंगलबार नेकपा उपत्यका ब्युरोले विज्ञप्तिमार्फत मनगणन्त्य समाचार नलेख्न चेतावनी दिएकाे हाे ।

“धम्क्याउदै ५० लाख मागेको आरोपमा विप्लव नेकपाका कार्यकर्ता पक्राउ” भन्ने शिर्षककाे समाचार खण्डन गर्दै नेकपाले पक्राउ परेका व्यक्ति नेकपाका कार्यकर्ता नभएकाे बताएकाे छ । “काठमाडौँस्थित चन्द्रागिरी नगरपालिकाबाट पक्रिएको भनिएतापनि ती व्यक्तिहरुसंग हाम्रो पार्टीको कुनैपनि संग्लग्नता नरहेको कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहान्छौं ।” व्युराे इन्चार्ज कृति सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“नेपाल लाइभ डट कमको समाचारबाटनै प्रष्ट हुन्छ कि ती व्यक्तिहरुले प्रयोग गरेको चन्दा रसिद नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रहेको छ। त्यसैले नेपाल लाइभ डट कम मिडियालाई सस्तो लोकप्रियता कमाउन यस्ता गैर जिम्मेवारी ढंगको समाचार सम्प्रेषण नगर्न हाम्रो पार्टी यसै विज्ञप्तिमार्फत सचेत गराउन चाहन्छ र आगामी दिनमा सम्पूर्ण पत्रकार मित्रहरुलाई सत्य र तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्दछौं ।” विज्ञप्तमा भनिएको छ ।

विप्लवले नेतृत्व गरेकाे पार्टीकाे नाम नेपाल कम्युनिस्ट पार्टी हाे । यसलाई छाेटकरीमा नेकपा भनिन्छ । पक्राउ परेका व्यक्ति नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का हुन् । याे पार्टीकाे नेतृत्व कसले गरेकाे छ भनेर खुलेकाे छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।