११ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका चौकी भञ्ज्याङमा दुई दिनसम्म चलेको बैठकले दीर्घकालीन महत्वका निर्णय गर्दै बुधबार दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो । 

नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीको विशेष आतिथ्यतामा सम्पन्न बैठकले आगामी निर्वाचनलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्ने निर्णयसँगै सो अभियानलाई आम जनतासामु पुर्याउन संगठनका केन्द्रिय सदस्य तथा पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको संगठनका अध्यक्ष दिनेश सीले बताए । 

अध्यक्ष दिनेश सीका अनुसार कोसी प्रदेश इन्चार्जमा सुवास सी, मधेश  प्रदेश इन्चार्ज बाबा सी, बागमती प्रदेश इन्चार्ज विश्लेषण सी, गण्डकी प्रदेश इन्चार्ज विवेक सी, लुम्बिनी प्रदेश इन्चार्ज दिपक सी, कर्णाली प्रदेश इन्चार्ज मिनेश सी, सुदुरपश्चिम प्रदेश इन्चार्ज सुशील सी र  जिल्ला इन्चार्जहरुमा अछाम जिल्ला इन्चार्ज कुमार सी, कैलाली जिल्ला इन्चार्ज,  इन्द्र सी, डोटी जिल्ला इन्चार्ज भक्त सी, बाजुरा जिल्ला इन्चार्ज स्टार सी लगाएत देशैभरका जिल्लाहरुमा जिम्मेवारी तोकिएको छ । 

साथै ७ ओटै प्रदेशको इन्चार्जको जिम्मेवारी पाउने पदाधिकारी र ७७ ओटै जिल्लाको इन्चार्जको जिम्मेदारी पाउने केन्द्रिय सदस्यहरुलाई संगठनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।