३० बैशाख २०८१, आईतवार

नेकपा तारकेश्वर नगरसमितिको अन्तरक्रिया सम्पन्न, वर्तमान राष्ट्रिय संकटको कारण दलाल पुँजीवाद भएको निश्कर्ष

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी जिल्ला नम्वर २ ले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र यसको समाधान’ बिषयक अन्तरक्रिया सम्पन्न भएको छ। बुधबार काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजुमा नेकपा तारकेश्वर नगर समितिद्वारा आयोजित अन्तरक्रिया सम्पन्न भएको हो ।

जिल्ला नम्वर २ की इञ्चार्ज तथा केन्द्रीय सदस्य ज्ञानु सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृती सीको प्रमुख आतिथ्यतामा रहेको थियो। जिल्ला नम्वर २ का सेक्रेटरी ज्याेति सीद्वारा संचालित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजीवि तथा नगरपालिकाका जनप्रतिनिधिहरुले कार्यपत्र माथि केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए ।

(क्रान्तिकारी) कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य शरद रसाइलीले यो व्यवस्था असफल छ मात्र भनेर नहुने भन्दै समाजवाद कसैले कोशेली दिन्छ स्वीकारौला भन्ने भ्रमको कुरा नभएको बताए। उनले भने, ‘समाजवाद कसैले कोशेली दिएर आउदैन यसका लागि यो व्यवस्थाको बिरुद्ध सम्पूर्ण कम्युनिस्ट देशभक्त बुद्धिजीबी, लोकतन्त्रवादी समाजवादीहरू एक भएर प्रतिरोध संघर्स चलाउनु पर्छ, यो व्यवस्था जनताको व्यवस्था होइन, बेलैमा नेपालका कम्युनिस्ट वामपन्थीहरुले सहिलाई सहि गलतलाई गलत भन्ने आँट गरेर यो व्यवस्था बिरुद्धको प्रतिरोध संघर्षमा जुट्नुपर्छ अनि मात्र समाजवाद सम्भव छ, अहिलेको संकटको समाधान भनेको दलाल पुँजीवाद संसदीय व्यवस्थालाई फालेर समाजवाद ल्याउनु नै हो अरु कुनै अप्सन छैन। आवश्यक परे फेरी बन्दुक उठ्छ अहिले जे भनिएतापनि अन्तिममा सशस्त्र प्रतिरोध युद्धबिना समाजवादमा पुग्न नसक्ने निश्चित छ।’

कार्यपत्रमाथि आफ्नो धारणा राख्दै तार्केश्वर नगरपालिकाका १० नम्वर वडा अध्यक्ष कुमार राईले परनिर्भरताले वर्तमान संकट निम्तिएको बताउँदै यसको असली उदाहरण आफु स्वयम् रहेको बताए । उनले भने, ‘आफैले लगाएको कपडा आफ्नो देशमा उत्पादन हुँदैन । आफ्नो देशको स्रोत साधनमाथि अरुको गिद्धे दृष्टी छ केही छैन भन्दै युवा पलाएन हुदैछन् । यसको मूल जड यही वर्तमान व्यवस्था हो । यसको आमुल परिवर्तन जरुरी छ।’

त्यस्तै नेकपा निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य विष्णु सीले देशका सम्पूर्ण दलका विचार ब्यवहार दुवै राम्रो भए जनताले पत्याउने र जस्तोसुकै संकटमा पनि साथ दिने बताए। उनले भने, ‘अहिलेको संकट आत्मानिर्भर अर्थप्रणाली नहुनु हो । यसको समाधान सामुहिक उत्पादनमा जोडिनु हो । जो नेकपाले गरिरहेको छ।’

त्यस्तै नेकपा एमालेका प्रदेश समिति सदस्य सिताराम रेग्मीले अन्तरक्रियाको विषय र कार्यपत्रमा उल्लेख भएको कुरा समय सान्दर्भिक र अहिलेको आवस्यकता भएकाले यसलाई सानो हलमा मात्र नभएर आम बहस बनाउनुपर्ने बताए। उनले भने, ‘यो विषय सानो घेरामा राखेर बहस गर्ने विषय होइन यसलाई खुल्ला बहसको जरुरी छ। यसका निम्ति म जुनसुकै सहयोग गर्न पनि तयार छु । देश र जनतालाई धोका हुन भएन। अहिलेको संकट भनेको सत्ताधारी दलहरु हुन् । अहिलेसम्म झिनो आशा भएको पार्टी यही हो अरुमा मलाइ विश्वास छैन। व्यवस्था परिवर्तनको आन्दोलनमा मेरो पूर्ण साथ रहन्छ । दलाल पुँजीवादका कारण देश संकटमा पर्यो यसको निकाश कम्युनिस्ट एकताबाट मात्र सम्भव छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।