१ जेष्ठ २०८१, मंगलवार

बुर्जुवा संकटको समाधान समाजवादले गर्छ- विकिरण

0

संवाददाता/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् धौलागिरी ब्युरो ईन्चार्ज विकिरण सीले वर्तमान सबै खाले समस्याको समाधान समाजवादी व्यवस्थाले गर्ने बताएका छन् । नेकपा सैनामैनाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विकिरणले बुर्जुवा र असफल संसदीय व्यवस्थाले मुलुक थप सकंटमा परेको बताउदै उनलेे क्रान्तिकारी संघर्षले मात्रै समाजवाद सम्भव भएको उनको तर्क थियोे ।
प्रमुख वक्ताको आसनबाट बोल्दै विकिरणले सबै कम्युनिस्ट शक्तिहरु एकजुट हुनुपर्नेमा ज‍ोड दिएका थिए । कार्यक्रमका अर्का वक्ता नेकपा केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला ईन्चार्ज सरद सीले अन्तरक्रियामा उठेका बिषयको जवाफ दिदै सबै बामपंथी,प्रगतिशील एवम् राष्ट्रवादी शक्ति एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका दिए । पछिल्लो समय वैदेशिक हस्तक्षेप बढ्दै गएको भन्दै सरदले यसको जवाफ क्रान्तिकारी शक्तिले व्यवहारले दिनुपर्ने बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विश्वास सिले क्रान्तिकारी शक्तिहरु समयसापेक्ष भुमिका खेल्नुपर्ने बताएका थिए ।


कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विरेन्द्र सी, नेकपा एमालेका कुल प्रसाद चापागाईं, नेपाली काङ्ग्रेस सैनामैनाका सचिव अर्जुन पौडेल, एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य भेषराज शर्मा, रास्वपा राज बहादुर क्षेत्रलगायतको वक्ताले अन्तरक्रियामा धारणा राखेका थिए । नेकपा नगर इन्चार्ज तेजेन्द्र सीको अध्यक्षता, सञ्चालन देवी भट्टराई र स्वागत जिल्ला सदस्य भक्त सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।