३ जेष्ठ २०८१, बिहीबार

समाजवादी माेर्चा गुराँस गाँउपालिका दैलेखकाे बैठक सम्पन्न

0

समाजवादी माेर्चा नेपालमा आवद्ध दैलेख जिल्लाकाे गुराँस गाँउपालिकामा क्रियाशिल ३ वटा पार्टीको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय समिति सदस्य पशुपति लामिछानेकाे अध्यक्षतामा गुराँसे बजारमा बैठक सम्पन्न भएकाे हो । बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले समाजवादी माेर्चाले अगाडि सारेकाे नेपाली विशेषताकाे समाजवादले नेपालमा अहिले देखिएकाे राजनीतिक संकटकाे समाधान दिने बताए । नेपालका चार वर्ग मजदुर, किसान, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्ग चार शक्ति कम्युनिस्ट वामपन्थी, गणतन्त्रवादी र देशभक्त शक्तिसहित पाँच समुदाय मधेसी, जनजाती, ब्राह्मण क्षत्री, श्रमिक समुदाय र मुस्लिम समुदाय एकजुट भएर दलाल पुँजीवाद, अमेरिकी साम्राज्यवाद विरुद्ध संघर्ष गर्नु पर्नेमा जाेड दिए ।

समाजवादी माेर्चामार्फत प्रतिगमनकारी, यथास्थितिवादी शक्तिहरुकाे भन्डाफोर गर्नुपर्ने देशकाे स्वाधिनता र जनअधिकारकाे ग्यारेन्टी गर्नका लागि नेपाली विशेषताकाे सममजवाद आवश्यक रहेकाे ठाेकुवा गरे ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य विश्व सी, नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सल्लाहकार अखण्ड, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सदस्य कृष्ण पान्डे ,नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति सदस्य कृष्ण गिरी अतिथि रहेकाे बैठकले जिल्लामा समाजवादी माेर्चा गठनकाे लागि सल्लाह दिने निर्णय गर्नुका साथै गुराँस गाउँपालिकामा माेर्चाका गतिविधिहरु अगाडि बढाउन नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य विश्व सीलाई जिम्मेदारी दिने निर्णय गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।