१७ बैशाख २०८१, सोमबार

अखिल (समाजवादी) काे २३औं राष्ट्रिय सम्मेलनद्वारा नरेन्द्र सीकाे अध्यक्षतामा १८१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न

0

अखिल (क्रान्तिकारी) काे त्रिवि कीर्तिपुरमा सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षता ५ पद रिक्त रहनेगरी १८१ सदस्यीय कार्य समिति चयन गरेकाे छ । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिवहरु प्रीतिमा सी, मदन सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी र काेषाध्यक्ष बबरजङ्ग सी रहेका छन् । सम्मेलनले संगठनकाे नाम परिवर्तन गरि अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) राखेको छ ।

 सचिवालयसहित कार्यविभाजनकाे विषयमा भाेलि १० गतेदेखि बस्ने बैठकले निर्णय गर्ने नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले बताएका छन् । साँझ अबेर निर्वतमान अध्यक्ष प्रकाश सीले प्रस्तुत गरेकाे प्यानल प्रस्ताव सर्व-सम्मतले पारित भएकाे थियाे । नव- निर्वाचित कार्य समितिलाई नेकपाका महासचिव विप्लवले सफल कार्यकालको लागि बधाई ज्ञापन गरेकाे थिए ।

सामना परिवारले कार्यक्रमकाे बिचबिचमा सांस्कृतिक झलक प्रस्तुत गरेको थियाे ।निवर्तमान अध्यक्ष प्रकाश सीसहितका संगठनबाट विदा भएका नेताहरुलाई सम्मान गरिएको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।