३० आश्विन २०८१, बुधबार

गेटा विश्वविद्यालयको विधेयक छिटो पास गराउन अखिल (समाजवादी) को माग

0

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लामो समयदेखि अड्किएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास गराउन माग गरिएको छ ।
मंगलबार अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले सिंहदरबार स्थित समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापनपत्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ माघ २९ मा निर्णय भई सो विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको विश्वविद्यालय स्थापना सँग सम्बन्धित उक्त विधेयक राजनीतिक स्वार्थ र दाउपेच, सुदूरपश्चिम प्रतिको राज्यको व्यवहार तथा दृष्टिकोण र उपेक्षाको सिकार भएको विषय दुखद छ’ अखिल समाजवादीका नरेन्द्र सी को हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘देशका सबै प्रदेशहरुमा १ वा १ भन्दा बढी चिकित्सा शिक्षा अध्यापनका संस्था र अस्पतालहरू सञ्चालनमा रहेको अवस्थामा विकासका दृष्टिले देशकै पछाडि परेको सुदूरपश्चिम प्रदेशमा भौतिक संरचनाहरू समेत निमार्ण भइसकेको अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी र नीतिगत निर्णय नहुनु पीडादायक छ ।’

अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीका अनुसार ज्ञापन पत्रमा विश्वविद्यालयसँग सम्बन्धित विधेयकमा उठेका विषयहरूमा छिटोभन्दा छिटो निरूपण गरी प्रतिनिधिसभाबाट यथाशक्य छिटो पारित गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।