नेपालको राजनीतिक अस्थिरता र राजनीतिक पार्टीहरूमा बढदो विघटन र विभाजनमा पश्चिमा शक्तिहरू मूलतः अमेरिकी भूमिका मुख्य भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बताएका छन् । साउन दोस्रो सातामा भएको पार्टीको स्थायी समितिको बैठकमा सो दाबि गरेको सूत्रहरूले बताएका छन् । त्यसो त सो पार्टीले आफ्नो ९ औं महाधिवेशनमा अमेरिकी हस्तक्षेप एमसीसी मार्फत गुणात्मक रुपमा बढेको बताएको थियो । तर एमसीसीको आडमा प्रवेश गरेको अमेरिकी सैन्य हस्तक्षेपलाई धेरैले बुझेका छैनन् वा गैरजिम्मेवार बनिरहेका छन् । साउन पहिलो हप्ता र त्यसअघिपछि रातिराति सैन्य बाहनमा गह्रौ सामान सिलबन्दी गरेर गुपचुप कुटनीतिक नियोगको बाहन प्रयोग गरेर अज्ञात स्थलतिर लगिएको सूचना लगातार हवाई अड्डा स्रोत र देशभक्त सुरक्षाकर्मीले दिइरहेका छन् । कुनै पनि समय नेपालमा प्रायोजित विद्रोह हुनसक्ने र त्यसको आधारमा अमेकिाले चाहेको सैनिक वा
गैरसैनिक कठपुतली सरकार उभ्याइने खतरा बढिरहेको छ । छिमेकी देश बङ्गलादेशमा पार्टीहरूबिचको वैमनस्यता र सरकारको निरङ्कुशताको आगोमा अमेरिकाले ‘स्वार्थको रोटी’ सेकिरहेको पष्ट देख्न सकिन्छ । बङ्गलादेशको बाछिटा नेपालसम्म नआउला भन्न सकिन्न । किनकि यो शरद ऋतु हो र नेपालमा मनसुन बगालको खाडी हुँदै आउने गर्दछ ।
प्रधान अन्तरविरोधले सबै अन्तर्विरोधहरूको निर्धारण गर्दछ । अमेरिकी हस्तक्षेप र नेपाली जनताबिचको अन्तरविरोध नै आजको प्रधान अन्तरविरोध बन्न गएको छ । त्यस अर्थमा पूर्व माओवादीहरूबिचको एकता र सबै कम्युनिस्टबिच एकता आजको ऐतिहासिक आवश्यकता हो । त्यसरी निर्माण भएको विश्वसनीय र बलियो वैकल्पिक शक्तिले मात्रै सबै देशभक्त शक्तिहरूबिचको एकता निर्माण गर्न सक्दछ र राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्न सम्भव छ ।
नेपालमा कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई संसद र सरकामा कमजोर पार्ने रणनीति अनुसार समानुपातिक प्रणाली खारेज गर्ने, वामपन्थी गठबन्धन नगर्ने जस्ता आवाजहरू आङ्ग्रेस र एमाले पार्टीभित्र उठिरहेको छ । देशलाई दुई पार्टी प्रणाली (त्धय एबचतथ क्थकतझ) मा लगेर दुवैलाई आफ्नो दलाल बनाउने चलाबाजी देखिन्छ । त्यही अमेरिकी तालमा एमाले र काङ्ग्रेसका केही नेताहरू नाचिरहेका छन् । समाजवादी मोर्चा अपेक्षित सक्रिय नहुनुमा त्यही खेल र नेताहरूको अवसरवादी चरित्र जिम्मेवार छ । अर्कोतिर संसदमा रहेका दलहरूभित्र साम्राज्यवादले आफ्ना
‘एजेण्टहरू’ निर्माण गरेको र त्यसमार्फत कम्युनिस्ट एकता र सहकार्य भाँड्ने हर्कत भइरहेको आम धारणा छ । त्यसैगरी संसदमा नभएका र संसदमा भएका साना दलहरू कार्यक्रमविहिन र दिशाविहिन देखिएका छन् । ओठको तीतो पोखेर बस्दैमा राष्ट्रिय दायित्व पूरा हुँदैन । त्यसका लागि सार्थक प्रयास आवश्यक छ । नेकपाले त्यसको निम्ति गरेको मेहनत स्तुत्य छ । त्यसमा सम्पूणर् पार्टी र नेताहरू सकारात्मक बन्न आवश्यक छ । यो आजको ऐतिहासिक दायित्व हो । जसले देशलाई युक्रेन बन्नबाट बचाउन सकिन्छ ।
समाजवादी मोर्चा सक्रिय छैन । उपेन्द्र यादव र अशोक राई दुवै समूह समाजवादी मोर्चाबाट अलग भइसकेका छन् । नेकपा (एस) अन्तरद्वन्द्वमा फसेको वा फसाइएको छ । माओवादी केन्द्र फुटको दिशामा धकेलिएको छ, नेकपा विरुद्ध घेराबन्दी छ । यी घटनाहरुको पृष्ठभागमा पार्टी र नेताहरुको गैर-जिम्मेवार भूमिका मात्र छैन । यस्ता परिदृश्यमा विदेशी शक्तिको भूमिका र षड्यन्त्र पनि उत्तिकै जिम्मेवार छ । यी सबै घटनाले साम्राज्यवाद आक्रामक ढङ्गले आइरहेको बुझ्न सकिन्छ । त्यसैगरी जनयुद्धको आधारक्षेत्र रहेको राप्ती र लुम्बिनीका प्रमुख सडक र सामरिक महत्वका क्षेत्रमा अमेरिकी गुप्तचरका गतिविधिहरू लगातार बढिरहेको स्रोतको दाबि छ ।
देश गम्भीर सङ्कटको दिशामा धकेलिएको सर्वत्र महसुश गरिएको छ । यस्तो अवस्थामा कम्युनिस्ट र देशभक्त शक्तिहरूबिचमा सहकार्य अनिवार्य बन्न गएको छ । लोकतन्त्र, विकास, शान्तिजस्ता अमेरिकी तथा पश्चिमी देशहरूको नाराबाट भ्रमित हुन आवश्यक छैन । अमेरिकाको लोकतन्त्र र मानवअधिकार भनेको एम-१६ र परमाणु बमबाहेक अरु केही होइन । आज युक्रेनको सर्वनाशको पृष्ठपोषक तथा जन्मदाता संयुक्त राज्य अमेरिका हो भन्ने बुझ्न सकिन्छ । दलहरूभित्र भाँडभैलो, विभाज, अस्थिरता, अव्यवस्था र अराजकताको जगमा नै जेलेनेस्कीहरू जन्मिने हुन् । आजको अराजकता, अव्यवस्था र अस्थिरताभित्र नेपाली मूलका जेलेनेस्कीहरू हुर्किने निश्चित छ । त्यसको निम्ति दैलो-दैलोमा अमेरिकी गुप्तचर, गैसस र कूटनीतिज्ञहरू चाहारिरहेका छन् । दलालीकरण र दासको बर्चस्व गौडागौडामा तयार गरिएको छ । यो सङ्गिन परिस्थितिलाई समयमा नै बोध गर्न आवश्यक छ ।
स्राेत: जनपत्रिका मासिक १४ अङ्क