३ जेष्ठ २०८१, बिहीबार

डोटीमा नेकपाको अन्तरक्रिया, समाजवाद अपरिहार्य रहेको निष्कर्ष

0

डोटी : नेपाल कम्युनिस्ट पार्टीले डोटीमा वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । बुधबार नेकपाले विभिन्न सरोकारवाला निकायसहितको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तर्क्रियामा प्रमुख अथिति रहेका नेकपा केन्द्रीय सदस्य विवेक सीले नेपाली राजनीतिको मुख्य बाधक वर्तमान दलाल पुँजीवादी व्यवस्था रहेको बताएका छन् । उनले अहिलेको राजनीतिक समस्याको हल दिनको लागि नेपाली विशेषताको समाजवाद अपरिहार्य रहेको जनाएका छन् । जनताको मुक्तिका र देशको संमृद्धिको लागि सम्पूर्ण अग्रगनमकारी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । कार्यक्रममा सहभागी अन्य सरोकारवाला निकायले पनि नेकपाले देशको राजनीतिक संकट समाधान गर्न लिएको पहल कदम सही रहेको बताए ।

दीपेन्द्र सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता कार्यकर्ता तथा अन्य सरोकारवाला उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।