३१ भाद्र २०८१, सोमबार

एमसीसी परियोजना, आर्थिक, राजनीतिक संकट र निदान विषयक अन्तरक्रिया लालबन्दीमा सम्पन्न

0

सर्लाही : एमसीसी परियोजना, आर्थिक, राजनीतिक संकट र निदान विषयक सरोकारवालाहरुसँगकाे अन्तरक्रिया कार्यक्रम सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।

सोही कार्यक्रमका प्रमुख अथितिसमेत रहेका नेकपा स्थायी समिति सदस्य अनिलले उक्त विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा छलफलको निम्ति नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा सर्लाही इन्चार्ज अच्युतम काफ्ले, पूर्व सभासद शिला यादव, नेकपा (एस) का जिल्ला उपसचिव धन बहादुर मिक्चन, नेकपा (माओवादी केन्द्र) का जिल्ला  नेता बिनिता दाहाल लगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनिल सीले राष्ट्रघाती एमसीसी परियोजना नेपाली जनताको  हितमा नभएको, अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई नयाँ खालको उपनिवेश बनाउन खोजिरहेकाे बताए । एमसीसी ले  देशलाई कसरी पराधिन बनाउँछ र देशलाई कसरी अस्थिर बनाउँछ भन्ने विषयमा बुँदागत उल्लेख गरेका थिए ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले राष्ट्रघाती एमसीसी देश र जनताको हितमा नरहेको र एमसीसी खारेजी अभियानमा एक्येबद्धता रहने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा नेकपा नेता तथा पूर्व सभासद शिला यादव, नेकपा केन्द्रिय सदस्य पवन सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी, नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रमिला सी, अखिल (समाजवादी) का नारायणी-मधेस प्रदेश सह-इन्चार्ज लोकेश सी लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रम संचालान नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी जनक सीले  गरेका थिए भने अध्यक्षता नेकपा केन्द्रिय सदस्य तथा सर्लाहीका जिल्ला इन्चार्ज  कमल सीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रामप्रसाद सीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।