३१ भाद्र २०८१, सोमबार

अ.ने.म.संघ क्रान्तिकारी सुदुरपश्चिमको भेलाद्वारा १३ सदस्यीय समिति चयन

0

धनगढी/ अखिल नेपाल महिला संघ क्रान्तिकारीले १३ सदस्यीय  सुदुरपश्चिम प्रदेश समिति चयन गरेको छ । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सुनिता सीको संयोजकत्वमा प्रदेश  समिति चयन गरेको हो ।

सय जना बढी प्रतिनिधि सहभागी रहेको क्रान्तिकारी  महिलाहरुको भेलामा नेकपा सुदुरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य भरत सी (रणवीर) ले ५१ प्रतिशत भन्दा बढी महिलाहरुको जनसंख्या भएको देशमा महिलाहरु नै उत्पीडित  हुनु दलाल पुँजीवादी राज्य व्यवस्थाको प्रमुख दोष रहेको उल्लेख गर्दै महिला आन्दोलनबारे नेपाल कम्युनिस्ट पार्टीको दृष्टिकोणबारे प्रशिक्षण मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रणवीरले नेपालको राजनीतिक संकट हल गर्न नेपाली विशेषताको  समाजवाद र एकीकृत जनक्रान्ति अनिवार्य रहेको बताए ।

त्यस्तै भेलामा मन्तव्य राख्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीले महिला अधिकारको सुनिश्चितता समाजवादी  राज्य व्यवस्थाले मात्रै ग्यारेन्टी गर्ने बताइन् | दलाल पुँजिवादको विरुद्ध समाजवाद स्थापनाको लागि सम्पूर्ण क्षेत्र र उत्पीडित समुदायका महिलाहरु एकजुट हुनुपर्नेमा अध्यक्ष बन्धुले  जोड  दिएकी थिइन् ।

भेलाले सचिवालय सदस्य  पवित्रा सीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज चयन  गरेको छ । निर्वाचित समितिलाई  शुभकामना तथा बधाई  मन्तव्य  दिदै नेकपा  केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला इन्चार्ज विराट सीले सम्पूर्ण महिलाहरुलाई भ्रष्ट  दलाल पुँजीवादी सत्ताको  विरुद्धमा र समाजवाद प्राप्तिको निमित्त सङ्गठित भएर संघर्षमा होमिनु पर्ने बेला आएको बताए ।

उक्त भेलामा नेकपा केन्द्रिय सदस्यहरु समर सी,  कमल सी लगायत समाजवादी मोर्चा सम्बद्द नेताहरुको समेत सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।