३१ भाद्र २०८१, सोमबार

सिन्धुपाल्चोकमा अखिल (समाजवादीको) शिक्षालय सुधार, संगठन सुदृढ तथा विस्तार अभियान तिव्र

0

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (समाजवादी) को शिक्षालय सुधार, संगठन सुदृढ तथा विकास विस्तार अभियान जिल्लाका विभिन्न क्याम्पस तथा कलेजहरुमा तिव्र पारिएको छ । उक्त अभियानमा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सीको प्रत्यक्ष नेतृत्व सहित अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य दयाराम सी काे सहभागितामा चलिरहेको छ ।
अभियान अन्तर्गत चाैतारा बहुमुखी क्याम्पसमा पासाङ तामाङकाे नेतृत्वमा अखिल (समाजवादी) इकाई समिति गठन भएकाे छ । श्री ज्ञान मन्दिर नमुना मा.वि.मा लक्ष्मी तामाङकाे नेतृत्वमा अखिल (समाजवादी ) इकाई समिति गठन गरेको छ । त्यसैगरी सेतीदेवी माध्यमिक विद्यालयमा सुष्मा राईको नेतृत्वमा इकाई समिति गठन गरिएको छ । त्यसैगरी श्री रामदेवि माध्यमिक विद्यालयमा कृष्ण भण्डारीकाे नेतृत्वमा इकाई समिति गठन भएकाे छ । यस्तै श्री जनजागृती माध्यमिक विद्यालय साँगाचाेकमा अस्मिता सीको नेतृत्वमा इकाई समिति गठन गरिएको छ ।
अभियान भदौ महिनादेखि असोजसम्म जिल्लामा जारी रहने बताइएको छ । उक्त अभियान अन्तर्गत जिल्लाका विभिन्न क्याम्पस/कलेजका प्रमुखहरु र शिक्षक बुद्धिजीवीहरुसंग समग्र शिक्षा प्रणालीको परिमार्जन, सामुदायिक विद्यालयको सुधार तथा स्तर वृद्धि, पाठ्यक्रम प्रणालीमा गर्नुपर्ने आवश्यक सुधार, पठनपाठन शैलीमा गर्नुपर्ने सुधार, भौतिक संरचनाको अवस्था, समयमा विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने जस्ता विभिन्न विषयमा छलफल गरिएको छ । त्यसैगरी विद्यार्थीहरुले शैक्षिक संस्थाहरु र समाजबाट भोग्नुपरेका प्रत्यक्ष र अप्रत्यक्ष कठिनाईहरु, पढाईको बुझाई र सिकाईबारे छलफल गरिएको छ । विद्यार्थीहरुलाई उत्पादनसंग जोडिन, अध्ययनमा रुचि बढाउन, वर्तमान देश तथा समाजले भोग्नुपरेका आर्थिक, राजनीतिक, सामाजिक, प्राविधिक र सांस्कृतिक समस्याहरुलाई बुझेर उचित समाधानका लागि अनुसन्धानमा लाग्न अभियानले प्रेरित गरेको छ । यो अभियानले समग्र शिक्षा प्रणालीको सुधार गर्न र विद्यार्थीको हितका निमित्त रहेको भन्दै बौद्धिक व्यक्तित्व र विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । अखिल (समाजवादी) को उक्त अभियानलाई मन पराउदै सयौको संख्यामा उत्साहका साथ विद्यार्थीहरु संगठनमा आवद्ध भइरहेको बताइएको छ र सबैजसाे शैक्षिक संस्थाहरुमा अखिल (समाजवादी) का मुल इकाई समितिहरु गठन भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।