४ जेष्ठ २०८२, शनिबार

सैपाममा विद्यार्थी दिवस विशेष कार्यक्रम सम्पन्न, १०७ जना  विद्यार्थीलाई झोला र कापी वितरण

0

 

६१औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) चितवनको आयोजनामा कालिका नगरपालिका–११, सैपामस्थित शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालयमा १०० जना विद्यार्थीहरूलाई झोला, कापी र कलम वितरण गर्दै भव्य कार्यक्रम सम्पन्न गरिएको छ । 

एकदमै विकट र चेपाङ्गहरुको बस्ती रहेको उक्त बस्तिमा रहेको स्कुलमा भएको कार्यक्रममा प्रमुख अतिथि उत्सव सीले विद्यार्थीहरूलाई संगठन, संघर्ष र अध्ययनलाई एकसाथ अघि बढाउन प्रेरित गर्दै भने “शिक्षा केवल अक्षर चिन्ने प्रक्रिया होइन, यो परिवर्तनको हतियार हो । आज तपाईंहरूलाई वितरण गरिएको झोला, कापी कलम भोलिको आन्दोलनको शक्ति बन्नुपर्छ ।” 

विद्यार्थी नेता  अटल सीले सैपाङ्गको संघर्षकालीन ऐतिहासिक सम्बन्ध स्मरण गर्दै भने: “जब हाम्रो पार्टी प्रतिबन्धमा थियो, यही गाउँले हामीलाई काखमा राखेर संरक्षण गर्‍यो । आज हामी चेतनाको क्रान्तिको अभियान लिएर फर्किएका छौं ।

भरत सीले विद्यार्थी दिवसलाई आत्मसमीक्षा, प्रतिबद्धता र संगठन विस्तारको सन्दर्भमा लिन आग्रह गरे । प्रधानाध्यापक झलक भट्टले विद्यालयमा प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै यस्तो अभियानले विद्यार्थीको मनोबल उच्च बनाएको बताए ।

कार्यक्रमको अध्यक्षता सुदीप सी, सञ्चालन महेश सी र स्वागत मन्तव्य सौरभ सीले गरेका थिए । प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज उत्सव सी थिए भने विशिष्ट अतिथिहरूमा केन्द्रीय सदस्यद्वय दिनेश सी, सीसम सी, अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी, प्रधानाध्यापक झलक भट्ट, केन्द्रीय प्रतिनिधि समिति सदस्य भरत सी, अशोक सी, युवा केन्द्रीय सदस्य सुमित सी, सन्तोष सी, जिल्ला सदस्यहरू लिला सी, गज ब.सी, रुद्र सी, राम ब.सी, युवा नेता अमृत सी , राजन सी, युवा व्यवसायी बादल थापा र कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सफल बनाउन खुसी कन्सल्टेन्सीका सञ्चालक मनु भट्टराई, पार्टी शुभचिन्तक तथा व्यवसायी दिपेन्द्र चापागाईं र समीर मल्लले उल्लेखनीय सहयोग गरेका थिए । विद्यार्थी, अभिभावक र स्थानीय समुदायको उत्साहजनक सहभागिताले गाउँमा शिक्षाको चेतना, राजनीतिक समर्पण र संगठनात्मक भावनालाई थप सशक्त बनाएको एक शिक्षिकाले बताइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।