२२ आश्विन २०८२, बुधबार

कामचलाउ सरकारलाई राष्ट्रघाती एमसीसी परियोजना लागू गर्ने अधिकार छैन : नेकपा

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कामचलाउ सरकारलाई राष्ट्रघाती एमसीसी परियोजना लागू गर्ने अधिकार नभएको बताएको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
एमसीसी परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,-‘कामचलाउ सरकारले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यस्तो विवादित परियोजना लागू गर्ने अधिकार पनि राख्दैन। हाम्रो स्पष्ट धारणा छ कि एमसिसि परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् । अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने छ ।’

विज्ञप्तिकाे पूरा पाठ-
हालै एमसीए नेपाल विकास समितिले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत ३१५ कि. मि विद्युत प्रसारण लाइन निर्माणका लागी सबै ठेक्का सम्झौता सम्पन्न गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली जनताले निरन्तर विरोध गर्दै आएको यो एमसीएको ठेक्का सम्झौता सम्पन्न गरेको प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउदछ । कामचलाउ सरकारले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यस्तो विवादित परियोजना लागू गर्ने अधिकार पनि राख्दैन। हाम्रो स्पष्ट धारणा छ कि एमसिसि परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् । अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।