३ भाद्र २०८२, मंगलवार

नेकपाद्वारा एमसीसी विरुद्ध काठमाडौं लगायत देशभर प्रदर्शन

0

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध काठमाडौंलगायत देशभर विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी पुनः सक्रिय गरिएको भन्दै शुक्रबार देशव्यापी प्रदर्शन गरेको हो । 

नेकपाले एमसीसी सम्झौता नेपालका लागि घातक सम्झौता भएको र यसको नेपालबाट खारेजी हुनुपर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्यूरो सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज माइला सीले एमसीसी देशको हित बिपरित रहेको जान्दाजान्दै ससद्वादी राजनीतिक दलहरुले दवावका आधारमा अघि बढाएको ठोकुवा गरे । उनले नेपालमा स्थगित भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै यो कुनै हालतमा कार्यान्वयन हुन नदिने उदघोष गरे ।

नेकपाले काठमाडौँकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरिएको हो । 

अमेरिकाले एमसीसीमार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गरेको, नेपालमा सैन्य अखडा राख्न खोजेको र चीनलाई घेरा हाली नेपालको युरेनियम कब्जा गर्न खोजेको नेकपाको दाबी छ ।

यसैबीच राष्ट्रघाती MCC सम्झौता विरुद्ध धनगढी, विराटनगर, सुर्खेतमा पनि नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ ।

दाङमा एमसीसी परियोजना विरुद्ध कालोपट्टी बाँधेर विरोध प्रदर्शन
हेमन्तप्रकाश वली
दाङमा अमेरिकी परियोजना(एमसीसी) विरुद्ध कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गरिएको छ ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोधमा कार्यक्रम गरिएको हो ।

विरोधपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल कब्जा गर्न एमसीसी लाद्न खोजेको बताए ।

उनले भने– ‘अमेरिका र नेपालका दलालहरुले यो परियोजनालाई विकासे नाम दिएका छन् । तर यो नेपाली दलाल सत्ताका मतियारलाई देखाइएको ललिपप हो । यो भित्र अमेरिकाको सैन्य रणनीति छ । एमसीसी सम्झौता मुलुकको सार्वभौम सत्ता र स्वाधीनताको विरुद्ध छ । नेपालको संविधान भन्दा माथि रहने परियोजनाका विरुद्ध हामि लडिरहन्छौँ । एमसीसी परियोजनालाई संविधानभन्दा माथि राखेर लागु गर्न खोज्नु यो देशका दलालहरु र अमेरिकी साम्राज्यवादका लागि अभिसाप हुनेछ , देशभक्त नेपालीहरु चुपचाप सहेर बस्नेवाला छैनन् ।’

यस्तै नेता सविन सीले अमेरिकी अत्याधुनिक हतियारको डर , धम्कीमा स्वाभिमानी नेपाली जनता अमेरिकाको दास नबन्ने बताए ।
उनले अमेरिका र यहाँको प्रतिक्रियावादी सत्ताले जबर्जस्त एमसीसी लाद्न खोजे जनताले आफुसंग जे छ त्यसैलाई हतियार बनाएर लड्ने जिकिर गरे ।

नेता सविनले एक अर्को प्रसंगमा किसानलाइ सहज ढंगले रासायनिक मल उपलब्ध गराउन सरकारसंग माग गरे ।
कालोबजारी र विचौलियाले मलको कृतिम अभाव सिर्जना गरेर सेटिङमा मल वितरण भइरहेको पार्टीलाई सुचना आएकाले सम्बन्धित पक्ष जिम्मेवार नबने कारबाही गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा नेकपा जिन्दावाद, एमसीसी परियोजना खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद , दलाल पुजीवाद मुर्दावाद, अमेरिकि हस्तक्षेप बन्द गर, रिजेक्ट एमसीसी, गो ब्याक अमेरिका, नेपाली विशेषताको समाजवाद जिन्दावाद लगाएतका नाराहरु लगाइएको थियो ।

कोणसभाको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गरेका थिए 

यता शुक्रबार नै नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला प्रशासन कार्यालयमा एमसीसी परियोजना पुनः सुचारु गर्न लागिएको भन्दै विरोध पत्र पेश गरेको जानकारी दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य विक्रम सी, पाटन सी, तिलक सी, प्रदिप सी लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढालाई विरोध पत्र पेश गरेको हो ।

विरोध पत्रमा एमसीसी परियोजना मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको राष्ट्रघाति सम्झौता खारेज गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।