२४ भाद्र २०८२, मंगलवार

एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना हो : भरत सी

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना भएको बताएका छन् ।

शुक्रबार धनगढीमा एमसीसी विरुद्ध आयोजना गरिएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बाेधन गर्दै नेता भरत सीले एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना भएको टिप्पणी गरेका हुन् ।
उनले भने ‘यो अमेरिकी सेना ल्याउने रणनीति हो, विकास निर्माणको भ्रम हो । यसभित्र अमेरिकाको फौजी योजना छ । नेपाललाई युद्धमा धकेल्ने योजना हो । नेपाललाई अर्को युक्रेन बनाउने षड्यन्त्र हो ।’
उनले नेपालका दलालहरुले एमसीसी सम्झौता गरेपनि अमेरिकाले रोक्ने भनेको बेला फेरि सुरु हुनु आपत्तिजनक भएको बताए ।
अमेरिका सोभियत संघको विगघठनपछि एक धुव्रीय विश्व भन्दै शक्तिशाली भएको भएपनि अहिले त्यो अवस्था नभएको र विश्व बहुधुव्रीयरित गएको दाबी गरे ।
नेता भरतले अमेरिकाले विश्वका ७० देशमा एमसीसी संचालन गर्ने कोसिस गरेपनि विश्वका ८ वटा देशले सम्झौता गरेको भन्दै त्यसमापनि ४ वटा देशले फिर्ता दिएको र ४ बटा देशमात्र कार्यन्वयनमा रहेको जिकिर गरे ।
नेपाल पनि एमसीसी कार्यान्वयन गर्ने ४ मुलुक कम्बाेडिया, आइभरीकोष्ट र सेनेडालपछिको भएको जिकिर गरे ।
‘कमिशनको लोभमा एमसीसीमार्फत देश बेचेका हुन्, मुठ्ठीभर दलालहरुले अमेरिकालाई खुसी पार्न एमसीसी गरेका हुन् । यो राष्ट्रघाती सम्झौता हो’ उनले भने, ‘यसका विरुद्ध खारेज नहुँदासम्म विरोध गर्नुपर्छ, स्वाधिनताको पक्षमा लड्नु पर्छ । यो इतिहासमा लड्नेहरुको नाम लेखिनेछ ।’
उनले नेपाल राजनीतिक संकटतिर गएको भन्दै त्यसको सहि निकास समाजवाद, नयाँ नेतृत्व, नयाँ कार्यक्रमले दिने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।