२४ भाद्र २०८२, मंगलवार

नेकपा रुपन्देहीले गर्यो एमसीसी विरुद्ध बुटवलमा प्रदर्शन

0

बुटवल । एमसीसी परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरी त्यसका विरुद्ध प्रदर्शन गरेको छ । यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ ।
बुटवलको पुरानो बषपार्कदेखि एमसीसी विरुद्ध नारा जुलुस गर्दै पुष्पलाल पार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य विनोद सीले दक्षिण एसियालाई फौजी ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसीसी कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुने ठोकुवा गरे । उनले भने -” यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ त्यसैले ऊ जसरी पनि कार्यान्वयनमा जान्छ । तर शासक दलहरु यसखालको राष्ट्रघाती कदमलाई जसरी अगाडि बढाउन खोज्दैछन् यसले संकट उनीहरुलाई समेत निम्त्याउँछ भन्ने कुरामा हेक्का राखून् ।” हामीले बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रमा हालीमुहाली गर्दै राष्ट्रघात गर्दैछन् शासकहरु भन्दै उनले एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताए ।
यस्तै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सेक्रेटरी विरेन्द्र सीले नेपालको संविधान र नेपाली राष्ट्रिय स्वाधिनता भन्दा माथि हुनेगरी एमसीसी लागु गर्न खोजिएको भन्दै यसका विरुद्ध संघर्ष गर्नुपरेको बताए । २०७८/११/१५ गते ९० % जनता एमसीसीका विरुद्ध हुँदापनि २०७८ साल फागुन १५ गते एमसीसी सम्झौता संसदबाट पास गरी राष्ट्रघात गरेको उनले दाबी गरे ।
विदेशी सहयोग तथा अनुदान विरोधी हामी हैनौं तर विर पुर्खाले जोगाएको देशमा स्वाधिनता विरोधी वैदेशिक हस्तक्षेप किमार्थ स्विकार्य छैन भन्दै उनले भने – ‘ एमसीसी जबर्जस्त लागु गरियो भने त्यसका सबै टावरहरु ध्वस्त पारिनेछ ।’
कार्

कार्यक्रममा पोलिट ब्युरो सदस्य बसन्त सी, केन्द्रीय सदस्यहरु शरद सी, विश्वास सी लगायत पुन: लागु गर्ने निर्णयसंगै हिजो मात्र ठेक्का सम्झौता गरि कार्यान्वयनमा जाने भएपछि यसका विरुद्धमा रहेका शक्तिहरु देशैभर विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।