२४ बैशाख २०८१, सोमबार

एकीकृत क्रान्ति ज्युदो माक्र्सवादको प्रयोग : भरत सी

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् स्कुल विभाग इन्चार्ज भरत सी रणवीरले एकीकृत जनक्रान्तिको कार्यदिशा ज्युदो मार्क्सवादमा आधारित रहेको बताएका छन् । शनिबार केन्द्रिय समिति बैठकमा मन्तव्य राख्दै  स्थायी समिति सदस्य रणवीरले त्यस्तो बताएका हुन् ।

“अहिले दलाल पुँजीवाद संकटमा छ, नेपालको कम्युनिस्ट आन्दोलन पनि संकटमा छ, यसको निकास अनिवार्य छ नेता रणवीरले थपे-“विद्यमान संकट समाधान गर्न सकिन्छ भनेर समाजलाई दिशा दिने कुरा नै अहिलेको मार्क्सवाद हो, यसलाई हामीले ज्युदो मार्क्सवाद पनि भन्न सक्छौं।”

मन्तव्यको क्रममा नेता रणबीरले अहिलेको आर्थिक राजनीतिक  संकटबाट देशलाई सहि निकास दिनसक्ने नेतृत्वको अभाव रहेको र त्यो जिम्मेवारी महासचिव विप्लवको काँधमा आएको समेत बताए।

नेपाल कम्युनिस्ट पार्टीले माओवादी र कम्युनिस्ट एकताबारे गरिरहेको पहललाई एकथरी मानिसले हिजो प्रचण्डले युद्ध जित्न नसकेर फर्किएको जस्तै भएको भन्ने बुझाइ राखेको र त्यो गलत विश्लेषण भएको भन्दै उनले आफुहरु नसकेर होइन, क्रान्तिलाई पूरा गर्न सफल हुने उदेश्यसहित अघि बढ्न खोजेको बताए।
स्कुल विभाग इन्चार्ज समेत रहेका रणवीरले कम्युनिस्ट आन्दोलनको पुरानो जगमा टिकेर नयाँ प्रकाशसहितको कम्युनिस्ट स्कुल सञ्चालन गरिरहेको समेत दाबी गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।