२४ बैशाख २०८१, सोमबार

वीरजङग पुस्तकालयमा पुस्तकको संख्या हजार पुग्यो

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीले पार्टी केन्द्रीय कार्यालयमा स्थापना गरेको ‘वीरजङग पुस्तकालय’मा पुस्तकको संख्या एक हजार पुगेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा रहेको पुस्तकायलमा शुक्रबारसम्म पुस्तकको संख्या एक हजार पुगेको हो ।

१ बर्षअघि स्थापना भएको पुस्तकालयमा केही पुस्तक पार्टी नेता कार्यकर्ता, समर्थक, सुभचिन्तकहरुले स्वेच्छिक रुपमा पुस्तकहरु उपलब्ध गराएका छन् भने केही पुस्तकहरु खरिद गरेपछि पुस्तकको संख्या एक हजार पुगेको हो । पुस्तकालयमा विश्व कम्युनिस्ट इतिहास, नेपालको कम्युनिस्ट इतिहास, विश्व कम्युनिस्ट आन्दोलन, माक्र्स लेनिन, माओका दुर्लभ रचनाहरु, जीवनीहरु उपलब्ध रहेको  वीरजङग पुस्तकालय सञ्चालन समिति सदस्य सुन्दर सीले बताए ।

पुस्तकालयमा नेपाली, अंज्रेजी, हिन्दी भाषा लेखिएका पुस्तकहरु रहेका छन् । पुस्तकालयमा राजनीतिक, आर्थिक, साँस्कृतिक, साहित्यिक, दार्शनिक र धार्मिक विषयका पुस्तकहरु समेत राख्ने योजना रहेको बताइएको छ ।

उक्त पुस्तकालयमा आजीवन सदस्य हुनका लागि १ हजार र साधारण सदस्य हुनका लागि १ सय ५० तिरेर सदस्यता लिन सकिने व्यवस्था गरिएको छ । साधारण सदस्यले पुस्तक लिएपछि १ हप्तामा फिर्ता गरिसक्नु पर्ने र आजीवन सदस्यले १ महिना भित्र लिएको किताव फिर्ता गरिसक्नुपर्ने प्रावधान राखिएको छ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।