२४ बैशाख २०८१, सोमबार

पुस्तकालय बौद्धिक सभ्य समाजको मापक हो : अनिल सी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा वीरजङ्‌ग पुस्तकालयका अध्यक्ष अनिल सीले पुस्तकालय बौद्धिक सभ्य समाजको मापक भएको बताएका छन् । मंगलबार जनपत्रिकासँग कुरा गर्दै अनिलले यस्तो बताएका हुन् ।

शिवपुर–३, कपिलवस्तुमा २०७९ सालमा स्थापना भएको सो पुस्तकालयमा ९ सय ३५ वटा पुस्तक रहेका छन् । जसको मूल्य २ लाख ५२ हजार २८९ रहेको छ । सो पुस्तकालयको लागि जनप्रगतिशील नेपाली मन्च युरोपबाट २५ हजार, भारतीय भूमीमा रहेका प्रवासी नेपालीको तर्फबाट आजाद सेनमार्फत ३५ हजार बराबरका पुस्तक प्राप्त भएका छन् ।

अनिल सीका अनुसार भँडीपुराण प्रकाशन, काठमाडों, खेम थपलिया, शोभा दुलाल, विप्लव सी, सन्तोष, सी, सामना परिवार, प्रगति पुस्तक पसल, काठमाडौं, अनिल सी, भेषराज सी, एकराज भण्डारी, खोमा तरामु, वसन्त श्रेष्ठलगायतबाट उपहार स्वरूप पुस्तकहरु प्राप्त भएका छन् । पुस्तकालयका आजिवन सदस्य शुल्क जनही १ हजार रहेको भने साधारण सदस्य शुल्क १ सय ५० रुपयाँ रहेको पुस्तकालयका सदस्य सचिव सुन्दर सीले बताए ।

सदस्यता शुल्कमार्फत ५० हजार भन्दा बढी र अधिवक्ता तथा बुद्धिजिवि शिवसुन्दर शाहीबाट १० हजार नगद प्राप्त भएको पुस्तकालयका अध्यक्ष अनिल सीले बताए । पुस्तक राख्ने दराज तथा फर्निचरको समेत अभाव रहेको पुस्तकालय अभावकै बिच सञ्चालन भइरहेको जानकारी पुस्तकालयका सदस्यसचिव सुन्दर सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।