२४ बैशाख २०८१, सोमबार

काठमाडौँ जिल्ला नं. १ का युवा संगठन अध्यक्ष रविन सीको आमाको निधनप्रति नेकपा काठमाडौँद्वारा शोक व्यक्त

0

काठमाडौँ – युवा संगठन नेपाल काठमाडौँ १ नम्बर जिल्ला अध्यक्ष रविन सीको आमाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले शोक व्यक्त गरेको छ । बुधबार नेकपा काठमाडौँले एक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको हो । 

नेकपा काठमाडौँले आमाको निधनले सिंगो पार्टीलाई मर्माहित बनाएको उल्लेख गर्दै जिल्ला इञ्चार्ज भृकुटी सी र सेक्रेटरी दिपक सीद्वारा संयुक्त हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल काठमाडौं जिल्ला नम्बर १ का अध्यक्ष रविन सीकी ममतामयी आमा हिरा कमल शाहीको असामयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टी काठमाडौं १ नम्बर जिल्ला समिति दु:ख व्यक्त गर्दछ ‌। २००५ साल जेष्ठ १० गते तत्कालीन बागमती गाविस वडा नं. १ दक्षिणकालीमा जन्मिनु भएकी उहाँको २०८१ साल बैशाख ११ गते बिहान ११ बजे चन्द्रागिरी नगरपालिका ४ मा दु:खद निधन भएको थियो । कमरेड रविन सी लगायत, उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

मृतकका दुई छोरा र ३ छोरी छन् छोराहरुमा अनिल शाही र रविन शाही हुन् भने छोरीहरु अञ्जु शाही, अनिता शाही, रिना शाही हुन् ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।