२४ बैशाख २०८१, सोमबार

युवा संगठन नेपालद्वारा रविनकी आमाको निधनप्रति दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ का अध्यक्ष रविन सीकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । बुधबार शोक वक्तव्य जारी गर्दै संगठनले रविनकी आमा हिराकमल शाहीको निधनप्रति दुःख व्यक्त गरेको हो ।

संगठनका अध्यक्ष दिनेश सीको हस्ताक्षरमा जारी शोक वक्तव्यमा आमाको दुःखद निधनको खवरले संगठन स्तब्ध भएको जनाइएको छ । ‘काठमाडौं चन्द्रागिरी नगरपालिका ४ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा २०८१ वैशाख ११ गते विहान भएको दुःखद निधनको खवरले हाम्रो संगठन स्तब्ध भएको छ ।’, विज्ञप्तिमा भनिएको छ ।

आमा २०६८ साल देखि प्यारालाइसेस विरामीसँग जुधिरहनु भएको शोक वक्तव्यमा उल्लेख छ । ‘दुःखद निधनले संगठनलाई क्षति भएको छ । आमा हिराकमल शाहीप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’, अगाडि भनिएको छ, ‘साथै कमरेड रविन सीलगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।