१ मंसिर २०८१, शनिबार

हाम्रो उत्पादन क्रान्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन समाजवादको आर्थिक आधार पनि हो : सुमन सी

0

नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनले उत्पादनको नीति पारित गरेपछि अहिले देशभर उत्पादनको काम भइरहेको छ । ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर देश’ भन्ने मूल नारासहित भइरहेका उत्पादनहरुमध्ये पूर्वको उत्पादनको नेतृत्व नेकपा पोलिटब्युरो सदस्य सुमन सीले गरिरहनुभएको छ । ४ विघामा भएको उत्पादनले पूर्वको पार्टीलाई आत्मनिर्भर बनाएको मात्रै छैन राम्रो आर्थिक उपार्जन पनि गरेको छ । साथै, पार्टी केन्द्रीय कार्यालयलाई पनि यहाँको उत्पादनले सहयोग पुगेको छ । एक बर्षको उत्पादनको अनुभव कस्तो रह्यो, राज्यले गरिरहेकाे छ र के गर्नुपर्छ, उत्पादनमा जोडिदा कहाँ–कहाँ समस्याहरु देखिए लगायतका विषयमा नेकपा पोलिटब्युरो सदस्य सुमन सीसँग कुाकानी गरेको छौं । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

पूर्वतिरको उत्पादनको काम कसरी अगाडि बढिरहेको छ ?

हामी गत सालबाट पार्टीेले निर्णय गरेअनुसार उत्पादनमा सहभागी भइरहेका छौं । गतसाल हामीले सुनसरी जिल्लाको रामधुनेमा धान खेतिबाट उत्पादनको काम सुरु गरेका थियौं । धान अपेक्षाकृत रुपमा राम्रो उत्पादन भएको छ । गतबर्ष हामीले ४ विघामा उत्पादन गरेका थियौं । यो बर्ष हामी यसलाई बढाएर १० विघा बनाउने योजनामा छौं ।

उत्पादनमा जोडिदा श्रमलाई ध्यान दिनपर्छ, जनशक्तिलाई कसरी परिचाल गर्नुभएको छ ?

हामीसँग नियमित डब्लुटी कमरेडहरु पनि हुुन्छ । ५ देखि ७ जनाको संख्यामा हामी नियमित टिम छौं । जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका सदस्यहरुका साथै स्थानीय जनसमुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ ।

आर्थिक उपार्जनका हिसावले हेर्दाखेरी तपाईंहरु सफलकी असफल ?

हामी उत्पादनका हिसावले सफल छौं । हामीलाई यातायात, संचार लगायत आवश्यक सम्पूर्ण व्यवस्थापकिय कामहरु यही उत्पादनले गरिरहेका छौं । हामीले श्रममा एक पैसा पनि खर्च गरेनौं । पार्टीका नेता कार्यकर्ता र जनताको सहभागितामा श्रम गरेका थियौं । धेरै राम्रो गर्न सकिएन, राज्यले कृषिमा दिने अनुदान दियो भने, विउ, विजन र कृषि औजारमा सहयोग गर्यो हामी धेरै राम्रो उत्पादन गर्न सक्छौं ।

तपाईं पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ, अरुले हेर्दा नेता । नेता जस्तो मान्छे कोदालो बोकेर खेतमा जाँदा जनताको प्रतिक्रिया के हुन्थ्यो ?

पहिले पहिले त के गरेको होला भनेर जनतालाई लाग्ने कुरा स्वभाविकै हो । अहिले नेपालको राजनीति र राजनीतिक पार्टी लिएको नीति, सिद्धान्तबाट जनता दिक्क छ । उनीहरुले लिएको संस्कृति भनेको दलाल संस्कृति हो, परनिर्भर संस्कृति हो । उनीहरुले धेरै विगारेका छन् । त्यही भएर केही जनतालाई सुरुमा यो पार्टीले के गरेको होला भनेर लाग्ने कुरा स्वभाविकै हो । । तर हामी जसरी श्रममा जोडियौं, दुःख गर्यों, मिहिनेत गर्यौैं । हाम्रो विचार, दृष्टिकोण, क्रान्ति, आन्दोलनलाई जसरी उत्पादनसँग जोडेका छौं । हाम्रो उत्पादन क्रान्तिलाई आत्मनिर्भरतामा मात्र होइन समाजवादको आर्थिक आधार पनि हो । त्यो उत्पादन मात्र होइन समाजवादी शत्ताको प्रारम्भ पनि हो । यसले वैचारिक दृष्टिकोणबाट, राजनीतिक दृष्टिकोणबाट, आर्थिक दृष्टिकोणबाट जसरी जनतासँग हामीले अन्तरक्रिया गर्यो, बहस र छलफल गर्यौं त्यसपछि उहाँहरु कन्भिन्स हुनुभएको छ । जनतामात्र होइन पूर्वको कर्मचारी, राजनीतिक पार्टीहरु पनि प्रभावित छन् ।

केही व्युरो र जिल्लाका पार्टी कमिटीहरु आफ्नै उत्पादनले आत्मनिर्भर भएका छन् । तपाईंकोमा कस्तो छ ?

हाम्रो केन्द्रीय उत्पादन जो छ, त्यहाँ उत्पादन भएको धान उत्कृष्ट हो । हामीले प्रतिविघा १ सय मानभन्दा धेरै उत्पादन गर्यौं । अघिल्लो बर्ष त्यही जमिनमा प्रतिविघा ७० मानका दरले उत्पादन भएको थियो । यसले हामी आत्मनिर्भर मात्र होइन, हामीले राम्रो नाफा आर्जन पनि गरेका छौं । त्यसको केही हिस्सा हामीले केन्द्रीय कार्यालयमा पनि बुझाएका छौं ।

उत्पादनमा यहाँहरु सफल देखिनुभयो । अब के गर्दै हुनुहुन्छ ?

अहिले भएको जमिन बढाएर खेति गर्दैछौं । त्यपछि हामी साना उद्योगतिर जाने भनेर सोचीरहेका छौं । केही महिनामा हामी घरेलु उद्योग संचालन गर्ने तयारीमा छौं ।

एक बर्षको उत्पादनको अनुभवले यहाँहरुलाई कस्ता खालका अनुभूतिहरु भए ?

हामी कृषिमा लागिरहेका छौं, यसमा थुप्रै समस्याहरु पनि छन् । कृषिलाई वैज्ञानिकरण गर्ने, आधुनिकिकरण गर्ने, उत्पादनलाई प्रविधिसँग जोड्ने, कमभन्दा कम लागतबाट कढीभन्दा बढी लाभ लिनका लागि ध्यान दिने हो भने राम्रो उत्पादन गर्न सकिन्छ । अहिले कृषि क्षेत्रलाई राज्यले पनि ठीक ढंगले हेर्न सकिरहेको छैन । राज्यले अनुदान दिने, कृषकलाई कृषि औजार दिने, कृषकको उत्पादनलाई वजार व्यवस्थापन गरिदिने हो राम्रो हुन्थ्यो । कृषिमा राम्रो सम्भावना छ, कृषि क्षेत्रबाट राम्ररी उत्पादन गरेर लाभ लिन सकिन्छ, आत्मनिर्भर हुन सकिन्छ ।

राज्यले कस्तोखालको नीति बनाइदियो भने कृषकहरुलाई सजिलो हुन्थ्यो होला ?

नेपालमा पुरातन र परम्परागत खेति प्रणाली छ । व्यवस्थित, वैज्ञानिक र आधुनिक खेति प्रणाली छैन । पहिलो कुरा राज्यले कुन क्षेत्रमा के खेति गर्ने, कुन माटोमा कुन खेति गर्ने, कुन क्षेत्रमा धान रोप्ने, कुन क्षेत्रमा विरुवा रोप्ने, माटोको परिक्षण गर्ने र कृषि खेतिलाई व्यवस्थित रुपमा अगाडि लान जरुरी छ । दोश्रो कुरा किसानलाई प्रोत्साहन गर्नका निम्ति चाहेको समयमा मलको उपलब्धता, विउमा अनुदान, कृषि औजारहरुको उपलब्धता भयो भने बढी भन्दा बढी उत्पादन बढाउन सकिन्छ । र तेश्रो कुरा नेपाली युवाहरु कृषिबाट टाढिको छ । यसमा काम गर्न जाँगर चलाउँदैन । उनीहरुलाई प्रात्साहन गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याउनुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

देश अहिले दलाल पुजीवादका कारण संकटमा छ । देशलाई यो संकटबाट मुक्त गर्नका निम्ति, देशलाई आत्मनिर्भर बनाउनका निम्ति, स्वाधिन बनाउन निम्ति र देशलाई शान्ति र सम्बृद्धिमा लानका निम्ति सबै क्षेत्रका जनता, बुद्धिजीविहरुलाई यो दलाल संसदीय व्यवस्थाको अन्त्यको निम्ति एकीकृत जनक्रान्तको कार्यदिशामा लामबद्ध हुन अनुरोध गर्दछु । हामी आत्मनिर्भर, स्वाधिन र स्वतन्त्र देश बनाउने अभियानमा छौं । हामीलाई सहयोग गर्नका निम्ति हार्दिक अनुरोध गर्दछु । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।