२४ बैशाख २०८१, सोमबार

समाजवादी क्रान्ति जमेको पोखरी होइन, बगेको नदी हुनुपर्छ : सुशील सी

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा युवा नेता सुशील सीले नेपालमा अगाडि बढीरहेको नेपाली मौलिकताको समाजवादी क्रान्ति जमेको पोखरी नभइ बगेको नदी जस्तो हुनुपर्ने टिप्पणी गरेका छन।कपिलवस्तुको शिवगढीमा जारी नेकपा केन्द्रिय समितिको पाचौं बैठकमा मन्तव्य राख्दै नेता शुसिलले उक्त टिप्पणी गरेका हुन् ।

महासचिव विप्लवद्वारा प्रस्तुत दस्तावेज लगायत पार्टीको आगामी योजनाबारे बोल्दै नेता शुसिलले भने परिस्थिति बदलिएको छ, अन्तरबिरोध बदलिएको छ, त्यसैले नेपालमा समाजवादको आधार तयार पार्ने हो भने कम्युनिस्ट पार्टीले बगेको नदी जस्तो भएर जनताको भावना र उर्जाको नेतृत्व गर्नुपर्ने बेला आएको बताए।

आन्दोलनको क्रममा नेतृत्वको सवाल निकै महत्त्वपूर्ण र सापेक्षित बिषय भएको भन्दै नेता शुसिलले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको नेतृत्व प्रचण्डले गरेको भए पनि अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी महासचिव विप्लवको काधमा आएको दाबी समेत गरे।

मन्तव्यको क्रममा उनले अहिलेको सत्ता गठबन्धन तर्फ सङ्केत गर्दै नेकपा एमाले एक्लै बहुमत ल्याउन नसक्ने ठानेर माओवादीसङ्ग सहकार्य गर्न तयार भएको र माओवादी एक्लै अस्तित्व धान्न नसक्ने भएपछि एमालेसङ्ग मिल्न बाध्य भएको समेत बताए।

अहिले अबलम्बन गरिएको मिश्रित निर्वाचन प्रणालीले सहि रूपमा काम गर्न नसकेकोले अब समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आबश्यकता रहेको समेत उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।