२२ बैशाख २०८१, शनिबार

विगतको उपलब्धीकाे रक्षा गर्ने र समाजवादी क्रान्तिलाई अगाडि बढाउने दायित्व नेकपाकाे छ : सुशील सी

0

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल
सीले आफुहरु माक्सवाद-लेनिनवाद-माओवाद पथप्रदर्शन सिद्धान्त मान्ने भएकोले विगतको उपलब्धीकाे रक्षा गर्ने र समाजवादी क्रान्तिलाई अगाडि बढाउने दायित्व भएको बताए ।
संगठन सुदृढ तथा राज्य षड्यन्त्रको भण्डाफोर र २ महिने अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी काभ्रे,चौरीदेउराली वडा नम्बर २ स्तरिय भेलालाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।

आफ्नाे पार्टीले शान्तिपूर्ण तरिकाले क्रान्ति सम्पन्न गर्ने, समाज परिवर्तन रअधिकार सुनिश्चित गर्ने संघर्षमा रहेको बताए । नेकपामाथि राज्यको थुप्रै प्रकारका षडयन्त्रहरु भइरहेको बताउदै उनलेे जस्तोसुकै षडयन्त्रहरु भएपनि आफुहरु निरन्तर अगाडि बढ्ने बताए । उनलेे चिल्लीको एक कवीको भनाई राख्दै भने, ‘तपाईले बिरुवा उखेल्नु सक्नु हुन्छ, तर तपाई वसन्त ऋतु आउन रोक्नु सक्नु हुन्न ।’त्यस्तै उनीहरुले दमन गर्न, हत्या गर्न जेलनेल हाल्न, मुद्दा हाल्न सक्छन् तर क्रान्ति रोक्न सक्दैनन् यो निरन्तर अघि बढ्छ ।’


त्यसैगरी पार्टीका पोलिट व्युरो सदस्य कान्छाराम सीले अहिलेको राज्य व्यवस्था देश र जनताको पक्षमा नभएकोले श्रम निर्यात र वस्तु आयात गर्ने मात्र भइरहेको बताए । आत्मनिर्भरताको लागि आफ्नाे पार्टी निरन्तर श्रम र उत्पादनमा लागेको बताए ।
कार्यक्रममा अन्य अतिथिहरु पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रिय सदस्य जित सी, केन्द्रिय सल्लाहाकार सदस्य दिपक सी, काभ्रे जिल्ला ३ सेक्रेटरी सुर्य सी, बामपन्थि बुद्धिजीवी रामहरी, सहिद परिवारजन छिरिङ डोल्मा तामाङ लगायतकाे सहभागिता थियो ।
वडा भेलाले सेलु सीको नेतृत्वमा १७ सदस्यीय वडा समिति गठन गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।