२० बैशाख २०८१, बिहीबार

वैज्ञानिक शिक्षाले निःशुल्क र नेपालमै रोजगारीको वातावरण सिर्जना गराउनेछ : रणवीर सी

0

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख रणवीर सीले वैज्ञानिक शिक्षाले निःशुल्क रुपमा पढ्ने व्यवस्था मिलाउने र नेपालमै रोजगारीको वातावरण सिर्जना गराउने बताएका छन् ।

अखिल (क्रान्तिकारी) कैलालीको २३ औं जिल्ला सम्मेलन धनगढीमा सम्बाेधनमा गर्दै उनले यस्तो बताएका हुन् ।

उनलेे भने,’एक कक्षादेखि मास्टर डिग्रीसम्म निःशुल्क रुपमा पढ्ने व्यवस्था मिलाउने र नेपालमै रोजगारीको वातावरण सिर्जना गराउने शिक्षालाई वैज्ञानिक शिक्षा भनिन्छ जसको अहिलेसम्म लागू भएको छैन । सम्पूर्ण नेपाली जनताको छोराछोरीले निःशुल्क एक क्लासदेखि मास्टर डिग्रीसम्म पढेर रोजगारीको व्यवस्था सिर्जना गर्नुलाई वैज्ञानिक समाजवादी शिक्षा भनिन्छ वैज्ञानिक समाजवादी शिक्षा लागू गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले कडा रूपमा संघर्ष गर्दै आएको छ र आगामी दिनहरूमा पनि संघर्ष गर्नेछ, हक अधिकार प्राप्त गर्नेछ ।’

नेता रणवीरले नेपालमा अहिले मुठ्ठीभर पुजीपतिहरूको छोराछोरीले मात्र राम्रो पढ्ने शिक्षाको व्यवस्था र तिनीहरूले मात्र जागिर खाने अवस्था रहेको भन्दै यसको अन्त्य गर्नको लागि अखिल (क्रान्तिकारी) ले विशेष रुपमा पहल गरेर सङ्घर्षमा उत्रिनुपर्ने बताए ।

उनलेे भने,’दशरथ चन्द, भिमदत्त पन्त, गोविन्द गौतम, विभिन्न हक अधिकार प्राप्ति र भारतीय ज्यादतीका विरुद्ध लड्दाखेरि मारिए । निर्मला पन्तको बलात्कार गरी हत्या भयो । यसको बारेमा खोजी, अध्ययन अनुसन्धान गर्न अनिवार्य छ ।’
नेकपा निकट अखिल (क्रान्तिकारी) ले विभिन्न ठाउँहरूमा दलालहरूलाई भ्रष्टहरूलाई कारबाही गरेको बताउँदै उनलेे सम्पूर्ण विद्यार्थीहरूले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नको लागि कडाभन्दा कडा संघर्ष गर्न पनि तयार रहनुपर्ने बताए ।

उक्त सम्मेलनले कैलाली जिल्ला D1 मा विनोद सीको नेतृत्वमा ४१ सदस्यीय र D2 जिल्लामा कमलेश सीकाे नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
सम्मेलनबाट निर्वाचित पश्चिम जिल्ला
१-अध्यक्ष विनोद सी
२-उपाध्यक्ष योगेश सी
३-सचिव बिद्रा सी
४-सहसचिव डि आर सी
५-कोषाध्यक्ष बिपिना सी लगायत ४१ सदस्यीय जिल्ला समिति
पुर्वी जिल्ला
१-अध्यक्ष कम्लेस सी
२-उपाध्यक्ष माइकल सी
३-सचिव शेर बहादुर सी
४-सह सचिव सुस्मिता सी
५-कोषाध्यक्ष निरा सी लगायत ३३ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।


कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला इन्चार्ज महेश सीले गरेका थिए भने प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा स्कूल विभाग प्रमुख भरत सी रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सेती ब्युरोका नेताहरु, अखिल (क्रान्तिकारीका) पश्चिम कमान्ड इन्चार्ज नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला इन्चार्ज लगायत केन्द्रीय कमिटीका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो । अखिल (क्रान्तिकारी) कैलालीको २३ औं जिल्ला सम्मेलन धनगढीमा भव्य रुपमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।