२४ बैशाख २०८१, सोमबार

महासचिव विप्लवको प्रस्ताव केन्द्रिय समितिद्वारा पारित

महत्वपूर्ण निर्णय गर्दै नेकपा केन्द्रीय समिति बैठक सम्पन्न

0

 

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रस्ताव पार्टीको केन्द्रिय समितिले एकमतले पारित गरेको छ।केन्द्रिय समितिको पाँचौ पुर्ण बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेपछि आइतबार प्रस्ताव पारित गरिएको हो।

गत ६ महिने योजनाको समिक्षा, कम्युनिस्ट शक्तिहरुको एकता, समाजवादी मोर्चा , आगामी निर्वाचन र अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे मूल्याकंन लगायतका विषयमा २० पृष्ठ लामो उक्त प्रस्तावमा व्याख्या गरिएको छ ।

केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी समिति, सल्लाहकार र महासचिवसहित १ सय ४८ जनाले बैठकमा बोलेका थिए । 

केन्द्रीय समिति बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको ९औं केन्द्रीय समितिको ५औं पूर्ण बैठक सम्पन्न भएको छ । बैशाख ५ गतेदेखि चलेको बैठक आइतबार बेलुका ८ बजे सम्पन्न भएको हो ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तु सम्पन्न केन्द्रीय समिति बैठकले महासचिव विप्लव सीले पेस गरेको २० पृष्ठ लामो प्रस्ताव सर्वसम्मतले पास गरेको छ । बैठकले महसचिव विप्लवको ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शीर्षकको राजनीतिक प्रस्ताव पास गर्दै आगामी ६ महिने योजना पनि बनाएको छ ।

बैठकले नीतिगत रुपमा थुप्रै निर्णयहरु गरेको छ भने संगठनको संरचना पनि परिवर्तन गरेको छ । बैठकको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, वीर शहिदहरु अमर रहुन्, दलाल पुँजीवाद मुर्दावाद लगायतका नाराहरु लगाउँदै बैठक समापन भएको हो ।

केन्द्रीय समिति बैठकका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयमा साेमबारदेखि केन्द्रीय प्रतिनिधि समिति बैठक बस्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।