२३ भाद्र २०८१, आईतवार

`बी. आर. आई. भ्रम र वास्तविकता´ शीर्षकमा अन्तरक्रिया हुँदै

0

काठमाडौँ/ चिनियाँ सरकारले साझा भविष्यका लागि विश्वव्यापी  सहकार्यको उदेश्यसहित अगाडि सारेको  वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता शीर्षकमा काठमाडौँमा अन्तर्कृया हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले श्रावण ३ गते कमलादीस्थित प्रज्ञाभवनमा अन्तर्कृयाको आयोजना गरेको अन्तर्राष्ट्रिय विभाग सदस्य शङ्कर महराले जानकारी दिएका छन् ।

नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भइसकेको बी. आर.आई.बारे केही भ्रम रहेकोले यसको वास्तविकता र नेपालको आर्थिक विकासमा संभावित फाइदा कसरी हुन्छ भन्ने विषयमा विज्ञहरुसहितको सहभागितामा अन्तरक्रिया हुन लागेको हो ।

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज आचार्य, डा. भीम रावल, प्राध्यापक पुष्प अधिकारी,डा. खगेन्द्र प्रसाईं लगायतका वक्ताहरूले बी आर आइ- भ्रम र वास्तविकताबारे धारणा राख्ने आयोजकले जानकारी दिएको छ।
विश्व शक्तिसन्तुलनको संभावित हेरफेर र भू-राजनीतिक हिसाबले निकै संवेदनदनशील अवस्थामा रहेको नेपालका लागि आफ्नो स्वाधीनताको रक्षा र आर्थिक विकासका हिसाबले कसरी अगाडि बढ्ने भन्ने कुरा निकै महत्त्वपूर्ण विषय हो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।