२ कार्तिक २०८१, शुक्रबार

नेकपाद्वारा सुदुरपश्चिममा १४ बिघामा धान रोपाइँ

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ । नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रिय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन् ।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता  र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्यसहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती, पशु पालन, कुखुरा पालन तथा माछा पालन समेत गरिरहेको छ ।

नेकपाले सुदुरपश्चिम अन्तर्गत  कैलाली जिल्लाको घोडाघोडी वडा नं. ९ को रतिपुरमा  ४ बिघा, लम्की चुहामा ३ बिघा, कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेतीबाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान रहेको बताएको छ ।
त्यस्तै, नेकपा सुदुरपश्चिमका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला, कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन् ।

उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य  तथा प्रदेश इन्चार्ज भरत सी `रणवीर´ ,केन्द्रिय सदस्यहरु भगतसिंह, समर, प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीय जनसहभागिता समेत रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।