२९ बैशाख २०८१, शनिबार

नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासकाे बाटाे विषयक अन्तरक्रिया सम्पन्न

0

काठमाडौं। नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासकाे बाटाे विषयक अन्तरक्रिया कार्यक्रम सर्लाहीमा सम्पन्न भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको हुँदा यसको खारेजी अनिवार्य भएको र वर्तमान समयमा देशमा देखापरेका राजनीतिक, आर्थिक, सामाजिक संकटको एकमात्र समाधान समाजवाद भएको भन्दै सम्पूर्ण कम्युनिस्ट वामपन्थी शक्ति एक भएर समाजवाद स्थापना गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य सित्तल सी, नेकपा केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सी, नेकपा केन्द्रीय सदस्य कमल सी, केन्द्रीय सदस्य पवन सी, नेकपा माओवादी (केन्द्र) का अर्जुन पन्थ, नेकपा एकीकृत समाजवादीका हरिवन संगठन विभाग प्रमुख भरत कार्की, नागरिक समाजका अगुवा तथा पुराना कम्युनिस्ट नेता नारायण खपांङगी लगाएत अतिथि रहेका थिए ।

सर्लाही जिल्ला इन्चार्ज सूर्य सीको अध्यक्षता र प्रमिला सीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज रमेश सीले गरेका थिए ।

कार्यक्रममा रमेश सीद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।