२३ भाद्र २०८१, आईतवार

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपाको नगर कमिटी गठन

0

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको नगर कमिटी गठन भएको छ । आइतबार नगरपालिकाको वडा नम्बर १ स्थित मियाँ गाउँमा बसेको पहिलो बैठकले सिता सीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव जनक सीको आतिथ्यता रहेको थियो । सिता सीको अध्यक्षतामा बसेको बैठक सोवित सीले संचालन गरेका थिए ।

प्रदेश संरचनामा गएपछि नेकपा मद्येस प्रदेशले पार्टी गतिविधिलाई तिब्रता दिएको छ । नेकपा स्थायी समिति सदस्य अनिल सी प्रदेशको इन्चार्जको जिम्मेवारीमा आएपछि यहाँको पार्टी चलायमान भएको छ भने  पार्टी गतिविधिहरु तिब्रता गएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।