२२ भाद्र २०८१, शनिबार

नेकपा सर्लाही जिल्लाको पार्टी कार्यालय उद्घाटन

0

सर्लाही – नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाको पार्टी कार्यालय उद्घाटन गरिएको छ । सर्लाही जिल्ला लालबन्दी नपा–६ स्थिति लालबन्दी बजारमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

आज विहान नेकपा स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले रिबन काटेर कार्यालयको उ‌द्घाटन गरेका थिए । कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले नेपालमा नेपाली विशेषताको समाजवाद लागु गर्न सम्भव रहेको बताए ।

साथै उनले विप्लवको नेतृत्व स्विकार गरे प्रचण्डसहित सबै पूर्व माओवादीबिच एकता सम्भव रहेको जिकिर गरेका थिए । कार्यक्रमको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले पनि मन्तव्य राखेका थिए भने संचालन जिल्ला सेक्रेटरी जनक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।