३१ बैशाख २०८१, सोमबार

सामना परिवारको कृषि तथा घरेलु उद्योग तालिम सम्पन्न

0

अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत केन्द्रिय सांस्कृतिक टोलि सामना परिवारको ३ दिने कृषि तथा घरेलु उद्योग तालिम ललितपुर महानगरपालिका वडा नम्बर २८ मा सम्पन्न भएको छ ।
उक्त तालिममा उग्रतारा बहुउद्देश्यीय कृषि फर्म प्रा.लि. का अध्यक्ष तथा कृषि तथा पशुपालन प्रशिक्षक डा.हिरालाल भुजेल, प्रशिक्षक तथा राष्ट्रिय जनकलाकार तथा रंगकर्मी बिन्दा आर्चायले घरेलु उद्योग अन्तर्गत लिक्युट साबुन, हाइट फिनेल, ठोस नुहाउने साबुन, ठोस लुगा धुने साबुन, मुलतानी माटो साबुन र हार्पिकको तालिम दिएका थिए । तालिममा कृषि तथा पशुपालन सम्बन्धि सीप सिकाइएको थियो ।
आज तालिम समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई उग्रतारा बहुउद्देश्यीय कृषि फर्म प्रा.लि.ले प्रमाण पत्र दिएको थियो । उक्त समापन कार्यक्रममा प्रशिक्षक डा.हिरालाल भुजेल र बिन्दा आर्चायलाई अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले सम्मान समेत गरेको थियो ।

कार्यक्रममा पार्टी पिबिएम माइला सी, केन्द्रिय सदस्य आरोह सी र केन्द्रिय प्रतिनिधि विमर्श सी लगाएत सामना परिवार जनकलाकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।