१६ बैशाख २०८१, आईतवार

आर्थिक अवस्था धरासायी भएको तथ्य सार्बजनिक

0

काठमाडौं । नेपाल सरकार र महालेखा नियन्त्रण कार्यालयको आर्थिक .बर्ष ८०÷८१ को पछिल्लो अर्धबाािर्षक समीक्षा अनुसार पुस मसान्त सम्म सरकारको बजेट घाटा ४८ अर्ब ४६ करोड ५७ लाख रहेको छ ।

सरकारले दाताहरुबाट ४९ अर्ब ५४ करोड ३० लाख बैदेशिक अनुदान भित्रिने अनुमान गरेकोमा यो समीक्षा अवधिमा ५.५२ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ८० लाख मात्र सङ्कलन गर्न सफल भएको छ ।

सरकारले यो वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट पेश गरेकोमा पछिल्लो समीक्ष अवधि (साउन–पुस) ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख मात्र खर्च गरेको छ । त्यसमा पनि पुँजीगत खर्च ३६.३१ प्रतिशत मात्र रहेको छ ।

सरकारले यो बर्ष राजस्व ४५ प्रतिशत उठाउने लक्ष्य लिएकोमा ३५.१९ प्रतिशतमा सीमित भएको छ । यी आर्थिक सुचाङ्कहरुले देशको आर्थिक स्थिति नाजुक भएको देखाउँछन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।