१६ बैशाख २०८१, आईतवार

युवराजका बुवा जितध्वजप्रति श्रद्धाञ्जली

0

काठमाडौं । नेकपाका केन्द्रीय प्रतिनिधि समिति (CRC) का सदस्य तथा उत्तर मेची कोशी ब्युरो सदस्य उत्तरकुमार सी (युवराज)का बुवाप्रति नेकपाका महासचिव विप्लवले श्रद्धाञ्जली अर्पण गरेका छन ।

आज एक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन ।

बुवा जितध्वज राई २००९ साल बैसाख ८ गते चैनपुर ४ संखुवासभामा जन्मिएका हुन । उनको माघ १ गते सुनसरी धरान स्थित वीपी कोईराला मेमोरियल स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको ब्युरो इन्चार्ज देब सीले सूचना दिएका छन ।

जितध्वजका ४ छोरी,३ छोरा र जीवन सङ्गिनी धनकुमारी राई छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।