२२ बैशाख २०८१, शनिबार

नेकपा महासचिव विप्लवद्वारा मदन सीका बुवाको निधनप्रति दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य मदन सीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै विप्लवले मदन सीका बुवा फत्तेबहादुर चन्द्रको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

दार्मा गाउँपालिका ५, ढाकाडामकोट सल्यान निवासी चन्दको ६३ बर्षको उमेरमा २०८१ साल वैशाख ११ गते भएको दुःखद निधन भएको थियो । विप्लवले वक्तव्यमार्फत उनको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

 

‘बुवाको निधनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै कमरेड मदन सीलगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’, वक्तव्यमा भनिएको छ । फत्तेबहादुरको परिवारमा जीवन संगिनी कलदेवि चन्द, छोराहरु मदन सी, टेकम चन्द, तेजस्वी चन्द र विदेन्द्र चन्द रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।