३० बैशाख २०८१, आईतवार

राष्ट्रिय सभागृहमा महिला पुस्तकबारे अन्तरसम्वाद

0

काठमाडौँ/ महिला पुस्तकबारे राष्ट्रिय सभागृहमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक हाउसको संयुक्त आयोजनामा बिहीबार कार्यक्रम आयोजना गरिएको हो ।

महिलाहरुका बारेमा लेखिएका पुस्तक, महिलाद्वारा लेखिएका पुस्तक, लेखक र प्रकाशकबीचको सम्बन्ध, पुस्तकमाथि बजारको प्रभाव, सामाग्रीको गुणस्तरियता लगायतका विषयमा विमर्श गर्ने उदेश्यले आयोजित कार्यक्रममा लेखक अर्चना थापा, राजेश्वरी सुवेदी, प्रकाशक गणेशले विषयवस्तुबारे चर्चा गरेका थिए भने कार्यक्रमलाई पत्रकार दिपक सापकोटाले सहजीकरण गरेका थिए ।

मैले चिनेको पारिजात शीर्षकमा आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रमको सिलसिलामा महिला पुस्तक प्रदर्शनीको समेत आयोजना गरिएको छ । बैशाख ११ गतेदेखि शुरुआत भएको पुस्तक प्रदर्शनी आगामी १५ गतेसम्म रहने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।